मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मानसिक तनाव घटाउन कार्यक्रम

मानसिक तनाव घटाउन कार्यक्रम


काठमाडौँ– ठूलो भूकम्प र लगातारको पराकम्पनका कारण जनमानसमा परिरहेको मानसिक तनाव कम गर्न र विद्यालयका शिक्षकहरुलाई परामर्श दिन शनिबार वनस्थली बालाजुमा मनोउत्थान कार्यक्रमको आयोजना गरिएको छ ।
 
सामुदायिक विकास सङ्घ, जीवन विज्ञान केन्द्र, लायन्स तथा लियो क्लब अफ बालाजु हाइट र सामुदायिक महिला जागरण मञ्चको संयुक्त तत्वावधानमा आयोजित सो कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दाको उलेख्य सहभागिता रहेको थियो ।
 
कार्यक्रममा जीवन विज्ञान केन्द्रका गुरु रमेश नेपालले ‘भूकम्पले क्षति गर्दैन, अव्यवस्थित मनले बढी क्षति गर्छ’ भन्दै विचलित भएको अवस्थामा मन सन्तुलित बनाउने सरल विधिहरु सिकाए ।
 
विपद् व्यवस्थापन विज्ञ इन्जिनियर महेश नकर्मी भने, ‘ले नेपाल भूकम्पीय क्षेत्रमा रहेकाले भूकम्पबाट पन्छिन सम्भव छैन, तर यसबाट हुने क्षतिबाट बच्न पूर्वतयारीमा ध्यान दिनुपर्छ ।’
 
शिक्षक श्रीरामसिंह बस्नेतले विद्यालयमा शिक्षकहरुले अपनाउनुपर्ने भूकम्पीय सुरक्षा अवधारणाबारे जानकारी गराए ।
 
कार्यक्रममा ‘भद्रगोल’ हास्य टेली शृङ्खलाका अर्जुन घिमिरे (पाण्डे) लगायतका कलाकारले पैसाको बलमा जथाभावी घर बनाउनेहरु माथि व्यङ्ग्य प्रस्तुत गरेका थिए ।  
रासस