बिजनेस/ इकोनोमी

चीनमा सार्बजनिक स्थानमा धूम्रपान गर्न प्रतिवन्ध

चीनमा सार्बजनिक स्थानमा धूम्रपान गर्न प्रतिवन्ध


चीनले राजधानी बेइजिङमा सार्बजनिक स्थानमा धूम्रपान गर्न प्रतिवन्ध लगाएको छ । चीनमा धूम्रपानमा यसअघि पनि प्रतिवन्ध लगाइए पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएपछि कानुन संसोधन गरेर थप कडाइ गरिएको हो ।
 
कानुन उल्लंघन गर्नेलाई २ सय युआनसम्म जरिवाना हुने चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ ।
 
कानुन कार्यान्वयनका लागि हजारौं अधिकारीहरुलाई परिचालन गरिने छ । चीनमा करिब ३० करोड जनाले धूम्रपान गर्ने अनुमान छ ।
 

शेयर गर्नुहोस:

0
Shares