मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्धनको मूल्यबृद्धिको निर्णय फिर्ता

इन्धनको मूल्यबृद्धिको निर्णय फिर्ता


नेपाल आयल निगमले सोमबार बढाएको पेट्रोलियम पदार्थको मूल्य एक घण्टा नपुग्दै फिर्ता लिएको छ । राहत चाहिएकोबेला मूल्य बृद्धिले आहत दिएको भन्दै निगमलाई मूल्य नबढाउन चौतफी दवाव आएको थियो ।
 
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरसँग भने, ‘मूल्यबृद्धिको समाचार सार्बजनिक भएपछि सबैतिरबाट मूल्य नबढाउन सुझाव आयो र निगमको व्यवस्थापन पक्षले छलफल गरेर तत्काललाई मूल्यबृद्धि फिर्ताको निर्णय गरेको हो ।’
 
निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको थियो ।