मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब एन्ड्रोइडमा पेरिस्कोप

अब एन्ड्रोइडमा पेरिस्कोप


माइक्रो ब्लगिङ साइट टि्वटरको लाइभ भिडियो स्ट्रिमिङ एप्लिकेशन पेरिस्कोप अब गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा पनि उपलब्ध भएको छ । गत मार्चमा एप्पलको एप स्टोरमा लन्च गरिएको पेरिस्कोपलाई एन्ड्रोइड प्रयोगकर्ताले पनि मंगलबारदेखि प्रयोग गर्न पाएका हुन् ।
 
प्रतिद्वन्दी एप मिरक्याट यो मे महिनादेखि नै गुगल स्टोरमा उपलब्ध भैसकेको अवस्थामा टि्वटरले पेरिस्कोपलाई पनि अब एन्ड्रोइड प्लेटर्फममा उपलब्ध गराएको हो ।
 
 टि्वटरले गएको जनवरीमा पेरिस्कोप खरीद गरेको थियो।
मार्च महिनामा एप स्टोरमा लन्च गरेसँगै पहिलो हप्तामै पेरिस्कोप १० लाख पटक डाउनलोड भएको टि्वटरले दाबी गरेको छ ।
 
पेरिस्कोप एप मार्फत स्मार्टफोनमा लाइभ भिडियो देख्न र भिडियो हेर्दै टेक्स्ट म्यासेज पनि गर्न सकिन्छ, जुन स्क्रिनमा देख्न पाइन्छ । यो एप लोकप्रिय भएपनि यसबाट उपभोक्ताको मोबाइल डाटा अत्यधिक खर्च हुने विज्ञहरुको भनाइ छ ।
 
बीबीसीका रिपोर्टर केट रसेलले आफ्नो अनुभव सुनाउँदै भनेका छन् आफ्नो फोर जी नेटवर्कमा ११ मिनेट सम्म यो एप्लिकेसनको प्रयोग गर्दा अढाइ सय एमबी डाटा खर्च भयो ।
 
पेरिस्कोपमा आधा घण्टासम्म भिडियो हेर्दा झण्डै ४ सय एम बी डाटा खर्च हुने उनले बताएका छन् । 
 
त्यसैले यो एप्लिकेसन प्रयोग गर्दा आफ्नो मोबाइलको डाटा कति खर्च भैरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।