मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोटरी क्लब अफ रत्ननगरको चार्टर डे सम्पन्न

रोटरी क्लब अफ रत्ननगरको चार्टर डे सम्पन्न


चितवन । रोटरी क्लब अफ रत्ननगरको १५ औँ ‘चार्टर डे सेरेमोनी’ सम्पन्न भएको छ । क्लबका अध्यक्ष मधुपकुमार भट्टराई ‘माधव’को सभापतित्व एवम् रत्ननगर नगरपालिकाकी कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि डिस्ट्रिक्ट सेक्रेटरी भोजराज कौडाल रहेका थिए ।
 
चार्टर डेका अवसरमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले क्लबका सदस्य साथीहरुले सक्रियताका कारण १५ औँ दिवस मनाउन सकेकोमा सबै रोटरीयनलाई धन्यवाद दिए ।
 
रत्ननगर नगरपालिकाकी कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले क्लबले मानवीय र सामाजिक क्रियाकलापमा समेत उदाहरणीय कार्य गर्दै आएकोमा धन्यवाद दिँदै नगरपालिकाका तर्फबाट सक्ने सहयोग गर्न तत्पर रहेको बताइन् ।
 
सोही समारोहमा होटल स्टार व्याङ्क्वेटका प्रबन्ध सञ्चालक एवम् रोटरीयन भेषराज दुवाडीले आफ्नो होटलको कार्यक्रम कक्षलाई रोटरी हल नामाकरण गरेका थिए ।
 
क्लबका अध्यक्ष मधुपकुमार भट्टराईले महाभूकम्पपश्चात् क्लबले गरेका गतिविधिबारे प्रष्ट पारेका थिए । उनका अनुसार वैशाख १४ गते भूकम्पपीडित घाइतेलाई रगतको अभाव नहोस् भनेर आफ्नै संयोजनमा १४४ जनाद्वारा रक्तदान गरिएको उल्लेख गरे । यस्तै, १५ गते रत्तनगरका व्यवसायीहरुबाट संकलित १०० कार्टुन पानी काठमाडौँमा लगेर वितरण गरिएको जानकारी दिए ।
 
रोटरी क्लबकै अगुवाइमा चितवन गुराँस इन्भेष्टमेन्ट प्रालि र पण्डित नारायणप्रसाद पोखरेल प्रतिष्ठानको सहयोगमा संकलित राहत गोरखाको बगुवा, खान्चोक भञ्ज्याङ, तान्द्राङलगायतका ठाउँमा वितरण गरिएको उनले जनाए । सो क्रममा २०० बोरा चामल, त्रिपाल, चिउरा, कम्मललगायतका सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
 
निराजन खनालको संयोजकत्वमा सञ्चालित कार्यक्रममा रत्ननगर नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेल, रनपाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्र लामिछानेलगायतले मन्तव्य राखेका थिए ।