मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिद्धिमा टहरा निर्माण गर्दै कांग्रेस नेताहरु

सिद्धिमा टहरा निर्माण गर्दै कांग्रेस नेताहरु


सिद्धि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा चितवनको सिद्धि गाउँ विकास समितिमा भूकम्पबाट भत्किएका घरको पुनःनिर्माण तथा अस्थायी टहरा निर्माण थालिएको छ । पौडेलसहित नेपाली कांग्रेस चितवनका जिल्लास्तरका नेता सिद्धि पुगेका छन् । 
 
उनीहरूले ३२ वटा अस्थायी टहरा निर्माण गर्नुका साथै सामान्य भत्किएका घरको मर्मतमा समेत सहयोग पु¥याउने नेपाली कांग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठले जानकारी दिए ।
 
अधिकांश चेपाङबस्ती रहेको सो गाविसका छवटा वडाका विभिन्न गाउँमा नयाँ अस्थायी टहरा निर्माण गरिने श्रेष्ठले बताए । अस्थायी टहरा निर्माण गर्न कांग्रेसका चितवनका सचिव श्रेष्ठ, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर सभापति रूपनराज घिमिरेसहितका ७० जना नेता तथा कार्यकर्ता सिद्धि पुगेका हुन् । टोलीको नेतृत्व गरेका केन्द्रीय सदस्य पौडेलले कांग्रेस कार्यकर्ताले गाउँगाउँमा पुगेर जनताको सेवा गर्ने समय आएको बताए । 
 
उनले सरकारले प्रभावकारी ढङ्गबाट काम गर्न नसकेको भन्दै जनस्तरबाट जनताको सहयोगमा जुट्न सबैसँग आग्रह गरे । विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको आर्थिक सहयोगले जस्तापाता खरिद गरी श्रमदानबाट टहरा निर्माण थालिएको हो ।