मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पद्मोदय युवा क्लब पुनर्निर्माण अभियानमा

पद्मोदय युवा क्लब पुनर्निर्माण अभियानमा


 
पटिहानी । विनाशकारी भूकम्पपछि पीडित भएकाहरुलाई राहत वितरणमा तदारुकता देखाएको पदमोदय युवा क्लब पटिहानीले आज सोमबारदेखि आवास पुनर्निर्माण अभियान थालनी गरेको छ । 
 
पदमोदय युवा क्लबको आयोजना तथा होप एण्ड होमको सहकार्यमा तेसो कार्यक्रमअन्तर्गत चितवनको सिद्धि गाविसको वडा नम्बर ६ मजवाङका भूकम्पपीडितहरुको लागि आजदेखि करिब ५ लाख रुपैयाँ खर्च गर्ने गरी भूकम्पबाट अति प्रभावित भई घरबारविहिन भएका व्यक्तिहरुलाई घर निर्माणका लागि जस्तापातालगायतका निर्माण सामग्रीसहित एक हप्तासम्म  श्रमदान गरी पुर्निर्नर्माण अभियानमा जुट्ने योजना रहेको होप एण्ड होमका चितवन संयोजक एवम क्लबका वरिष्ठ सदस्य सन्जीव पाण्डेले जानकारी दिए । 
 
क्लबका उपाध्यक्ष गणेश नेपालीको नेतृत्वमा १५ सदस्यीय पुनर्निर्माण टोलीलाई आज क्लब परिसरमा क्लबका अध्यक्ष रामहरि सेढार्इं, सल्लाहकार समिति संयोजक रामहरि भण्डारी, सल्लाहकारहरु बलबहादुर परियार, खड्कबहादुर अधिकारी एवम् अमर उच्च मावि पटिहानीका निमित्त प्राचार्य लोकबहादुर घर्तीलगायतले बिदाई गरेका थिए । 
 
यसअघि पनि क्लबको आयोजना तथा होप एण्ड होमको सहकार्यमा पहिलो चरणमा चितवनको दारेचोक गाविसको कमेरे गाउँ र दोस्रो चरणमा लमजुङ जिल्लाको धुसेनी गाविस कोइरालाफाँटका भूकम्पपीडितलाई रु।५ लाखको राहत सामग्री प्रदान गरिसकिएको क्लबका सचिव कुशल पौडेलले बताए ।