अमेरिका समाचार

अमेरिकामा एनआरएन एक हुने अन्तिम प्रक्रियामा

अमेरिकामा एनआरएन एक हुने अन्तिम प्रक्रियामा


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font

अस्टिन (टेक्सस) । विगत एक वर्षदेखि अलग अलग नेतृत्वमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एकीकृत हुने अन्तिम चरणमा प्रवेश गरेका छन् ।

दुई दिनअघि दुई अध्यक्षहरु विकास उप्रेती र सतेन्द्र साहबीच भएको लिखित सम्झौतापछि शनिबार बिहान उप्रेती नेतृत्वको संघको भर्चुअल बैठक बसेको थियो । सो बैठकले दुई अध्यक्षहरुबीच भएको सम्झौतालाई अनुमोदन गर्नुका साथै साह पक्षको आह्वानमा टेक्ससको अस्टिनमा भएको साधारण सभामा सहभागिता जनाउने निर्णय गरेको थियो ।

Advertisement

भर्चुअल बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. हेमराज शर्मालगायतका पदाधिकारीहरुले शुभकामना दिनुका साथै संघको उद्देश्य हासिल गर्न न त, मनले एक हुनुको विकल्प नरहेको धारणा राखेका थिए ।

त्यस अवसरमा उपाध्यक्ष रविन बज्राचार्य, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष अर्जुन बञ्जाडेलगायतका पूर्व पदाधिकारीहरुले हर्ष व्यक्त गर्नुका साथै संस्था बलियो भएमात्र नेतृत्वले लक्ष्यअनुसार काम गर्न सक्ने हुँदा अब सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

अध्यक्ष उप्रेतीले संस्थाको इज्जत प्रतिष्ठाका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको उल्लेख गर्दै एकीकृत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

शनिबार अपरान्ह नै अस्टिनमा सुरू भएको साधारण सभामा उप्रेतीको टिमका पदाधिकारीहरु सकृय सहभागी थिए । साधारण सभाको उद्घाटन शत्र दुबै अध्यक्षहरु उप्रेती र साहको सभापतित्वमा भएको थियो ।

साह नेतृत्वको एनआरएनले सम्झौता पत्रलाई अनुमोदन गरेको छैन । स्रोतका अनुसार साह नेतृत्वले यो विषयलाई आइतबार हुने साधारण सभाको बन्दशत्रमा लैजाने भनेर कुनै पनि प्रक्रिया अघि बढाएन । ुसाधारण सभामा लैजानुपर्ने विषय नै होइन, उदघाटन शत्रमा नै सम्झौतापत्र पढेर सुनाइएको भए पनि हलले ताली बजाएर स्वागत गर्ने विषयलाई केही पदाधिकारीहरुले नियतवशः पन्छाएका छन्ु साधारण सभाका एक सहभागी सदस्यले हिमालयखबरसँग भने ।

शनिबार बिहान उप्रेती नेतृत्वको एनआरएनएले राखेको जुम बैठकमा सतेन्द्र साह सहभागी नभएको बताइएको छ । यसले उनी एकताप्रति इमान्दार अझै नभएको पुष्टी भएको ती सदस्यले उल्लेख गरे ।

अमेरिकामा एनआरएनएका केही पदाधिकारीहरुलाई एक हुँदा आफ्नो अस्तित्व र पद नरहने चिन्ताले सताएको छ । तर, एनआएनए केन्द्रले सदस्यहरुको भावनालाई अङ्गीकार गर्दै दुबै पक्षलाई मिलाएर लैजान निकै लचकता देखाएको छ ।

आइतबार हुने साधारण सभाको बन्दसत्रले कस्तो रुप लिन्छ र साह पक्षले कसरी प्रस्तुत गर्छ भन्ने विषयले धेरै कुरा निर्क्योल गर्ने साधारण सभामा सहभागी सदस्यहरुले बताए ।