न्युयोर्क- अमेरिकामा सक्रिय रत्तदाताहरुको संस्था ब्लड डोनर्स अफ अमेरिकाले आप्रवासीको शहर न्युयोर्कमा पनि आफ्नो शाखा विस्तार गरेको छ । न्यृयोर्क च्याप्टरको अध्यक्षमा कृष्ण आचार्यलाई निर्विरोध निर्वाचित गरेको छ ।
जनवरी ११ तारिखमा न्युयोर्कमा भएको रक्तदाताहरुको भेलाले कार्यकारी उपाध्यक्षमा बेगम पण्डित, उपाध्यक्षमा शंकर पौडेल, छिरिङ शेर्पा र शान्ति जिरेललाई चुनेको छ । त्यसैगरी च्याप्टरको महासचिवमा रश्मी श्रेष्ठ तथा सचिवमा राजु तामाङ रहेका छन । कोषाध्यक्षमा कमला श्रेष्ठ रहेको च्याप्टरका कार्यकारी सदस्यहरुमा टक रुवाली, बिष्णु राना मगर, चन्द्र नेपाली, बिक्की पुलामी, बुद्ध पौडेल, भिम न्यौपाने, नरेन्द्र सुवेदी र केदार कट्टेल चुनिएका छन ।
ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष महेश्वर पन्त र उपाध्यक्ष विरोचन नेपालको सुपरिवेक्षणमा आयोजित च्याप्टर गठन कार्यक्रममा न्युयोर्क स्थित नेपाली समुदायकका अगुवाहरुको उल्लेख्य उपश्थिती रहेको थियो ।
च्याप्टर गठन कार्यक्रमा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष महेश्वर पन्तले रक्तदानको महत्वमाथी चर्चा गर्दै स्वेच्छिक रक्तदाताको आवश्यकता औल्याउदै आपतकालिन अवस्थामा रगत अभावलाई पुर्ति गर्न संस्थाले अग्रणी भुमिका निर्वाह गर्ने बताउनु भयो ।
च्याप्टरका नवनिर्वाचित अध्यक्ष कृष्ण आचार्यले न्युयोर्कले रक्तदाता सञ्जाल निर्माण गरी जनचेतनामुलक कार्यक्रम तथा अस्पतालहरुसंगको समन्वयमा रगत अभाव पुर्ति गर्न सक्रिय भुमिका खेलिने प्रतिवद्धता जनाउनु भयो ।
त्यसैगरी कार्यकारी उपाध्यष वेगम पण्डितले नेपाली डायस्पोरामा एकता र सेवाभावलााई अझैै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । च्याप्टरले अव छिटै बृहत रक्तदान कार्यक्रमकोे आयोजना गरिने जानकारीपनि दिएको छ ।












प्रतिक्रिया