मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

माघे सङ्क्रान्तिको अवसरमा बोस्टनमा विशेष कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)

माघे सङ्क्रान्तिको अवसरमा बोस्टनमा विशेष कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)


 

Advertisement

बोस्टन, अमेरिका। अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेको मगर समुदाले नेपालको राष्ट्रिय चाड ‘माघे सङ्क्रान्ति’ हर्षोल्लासका साथ मनाए। आफ्नो विशेष चाड सामूहिक रुपमा मनाउन हिजो आइतवार जनवरी १८, २०२६ का दिन बोस्टनमा मगर संघ, अमेरिका, बोस्टन च्याप्टरलले ‘माघे सङ्क्रान्ति-२०२६’ कार्यक्रमको आयोजना गरेको थियो।

संघका बोस्टन च्याप्टर अध्यक्ष देवराज पुनको अध्यक्षता र केन्द्रीय अध्यक्ष दीपसागर बुढा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको मूल नारा ‘जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई,
जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई !”रहेको थियो।

संघका केन्द्रीय उपाध्यक्ष चेतन बुढा मगरले संघका संस्थापक स्वर्गीय हेम बहादुर पुन मगर र नेपालको प्रथम सहिद लखन थापाप्रति श्रध्दा अर्पण गर्दै विद्युतीय बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। उनलाई संघका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर पुन मगर र बोस्टन च्याप्टर अध्यक्ष देवराज पुनले साथ दिएका थिए।

कार्यक्रमको औपचारिक उद्घाटन लगतै नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर दुबै देशप्रति श्रद्धा अर्पण गरिएको थियो।

केन्द्रीय अध्यक्ष दीपसागर बुढा मगर र बोस्टन च्याप्टर अध्यक्ष देवाज पुन कार्यक्रमलाई सम्बोधन गर्दै।
संघका बोस्टन च्याप्टर अध्यक्ष पुनले कार्यक्रमका प्रमुख अतिथि, अतिथि, सहयोगी तथा सहभागीहरुलाई स्वागत गर्दै माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका थिए। यसैक्रममा, प्रमुख अतिथि मगरले मगरहरुको विषेश चाडका अवसरमा विशेष कार्यक्रम आयोजना गरेकोमा निकै खुशी व्यक्त गरे। सम्बोधनका क्रममा उनले मगर संघ, अमेरिकाको संक्षिप्त जानकारी समेत दिएका थिए। प्रमुख अतिथि मगरले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा बोस्टन च्याप्टर परिवारलाई विशेष धन्यवाद दिदै कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए।

भौतिक रुपमा नेपालबाट निकै टाढा रहेर पनि नेपाल र नेपालीप्रतिको माया, आफ्नो मौलिक भाषा, भेषभूषा, कला, चाड पर्व, संस्कृति, परम्परा, रितिरिवाज आदि मनमा गाढा रहिरहेकाले त्यसलाई हरसम्भव जोगाइ राख्ने, रमाउने र सामुदायिक सम्बन्धलाई थप कसिलो बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

विविध साङ्गीतिक कार्यक्रम

कार्यक्रमको मुख्य आकर्षणमा ‘विविध साङ्गीतिक कार्यक्रम’ रहेको थियो। कलाकारहरुले विशेष प्रस्तुति स्वरुप नेपाल र नेपालीको मौलिक पन तथा पहिचान बोकेको ‘पञ्चेबाजा र मयुर नाच’ प्रस्तुत गरेका थिए। साङ्गीतिक कार्यक्रमको यि विशेष प्रस्तुतिहरुले कार्यक्रमको महत्व र रौनकतालाई उचाइमा पुर्याएको थियो।

चर्चित कलाकार द्वय राजेश थापा मगर र सन्जोग थापा मगरले नेपाली लोक लयका गीतहरु गाएर सहभागीहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। स्थानीय गायक अमित परियारले सहभागीहरुलाई मञ्चमै उतारेर माहोललाई थप रोमान्चक बनाइदिएका थिए। अन्य स्थानीय कलाकारहरुले नेवार, मगर, तामाङ लगायत अन्य नेपाली भाषाका गीतहरुमा आकर्षक नृत्यहरु पस्किएर कार्यक्रम स्थललाई उल्लासमय बनाएका थिए।

कार्यक्रममा कलाकार, प्रायोजक तथा सहयोगीहरुलाई कार्यक्रम सफल बनाउन अमूल्य योगदान पुर्याएको भन्दै आयोजकले प्रशंसा पत्र प्रादन गरेको थियो।

कार्यक्रम आयोजकले कार्यक्रममा कार्यक्रममा माघे सङ्क्रान्ति विशेष खाने कुराहरुका साथै नेपाली स्वादका अन्य स्वादिष्ट परिकारहरुको समेत व्यवस्था गरेको थियो।

सहभागीहरुले स्वादिष्ट परिकारहरु खादै र नेपाली गीत सङ्गीतमा नाच्दै, गाउदै र रमाउदै आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए।

मनोज पुन मगर, विकास थापा मगर, रोजिना पुन मगर र आइस्का तामाङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमका अध्यक्ष पुनले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। उनले कार्यक्रम सफल बनाउन हातेमालो गर्दै साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। सहभागीहरुले पनि समग्र कार्यक्रम महत्वपूर्ण, अर्थपूर्ण, प्रभावकारी र मनोरञ्जनात्मक रहेको टिप्पणी गर्दै आयोजकलाई धन्यवाद दिएका छन्।

सन् २००४ मा स्थापना भएको यस मगर संघ, अमेरिकाले अमेरिकाको विभिन्न नौं राज्यहरुमा आफ्नो शाखा स्थापना गरिसकेको छ। र, अन्य राज्यहरुमा पनि शाखा विस्ता गर्ने क्रममा जारी छ। यसैक्रममा, गत वर्ष सन् २०२४ मा देवराज पुनको नेतृत्वमा बोस्टन च्याप्टर स्थापना गरिएको थियो। गत वर्ष पनि बोस्टन च्याप्टरले यस्तै कार्यक्रम गरेको थियो। र, त्यसलाई यस वर्ष पनि निरन्तरता दिएको हो।बोस्टन च्याप्टरले झैं अन्य च्याप्टरहरुले पनि विविध क्रियाकलापहरु गरेर माघे सङ्क्रान्ति मनाएको संघले जनाएको छ।

कार्यक्रमका केही आकर्षक तस्बिरहरु:

शेयर गर्नुहोस:

4.8k
Shares