मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

बोस्टन गुरुङ समाजले तमु ल्होछारको अवसरमा ‘ल्होछार साँझ-२०२५’ कार्यक्रम गर्ने

बोस्टन गुरुङ समाजले तमु ल्होछारको अवसरमा ‘ल्होछार साँझ-२०२५’ कार्यक्रम गर्ने


अमेरिका, बोस्टन। म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा रहेको बोस्टन गुरुङ समाजले ‘ल्होछार साँझ-२०२५’ कार्यक्रमको आयोजना गर्ने भएको छ। गुरुङ समुदायको मौलिक पर्व ‘तमु ल्होछार-२०८२’ को अवसरमा उक्त कार्यक्रमको आयोनना गर्न लागिएको हो।

बोस्टन गुरुङ समाजले हरेक वर्ष गर्दै आइरहेको साङ्गीतिक प्रस्तुति सहितको ल्होछार विशेष कार्यक्रमलाई निरन्तरता दिदै यही आउदो डिसेम्बर २७, २०२५ शनिवार साँझ 400 Cardinal Medeiros Avenue, Cambridge स्थित Saint Anthony Parish Hall मा उक्त कार्यक्रम गर्ने तयारी गरेको छ।

Advertisement

विशेष साङ्गीतिक माहोलमा भव्यताका साथ ल्होछार पर्व मनाउने गरी आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ। समाजका अध्यक्ष सर्मेन गुरुङले जनाए अनुसार विशेषतः गुरुङ समुदायको भेषभुषा, भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चालचलन आदिको संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्ने र मनोरञ्जन गर्दै आपसी सामुदायिक एकतालाई थप मजबुत बनाउने कार्यक्रमको मुख्य उद्देश्य राखिएको छ।

अध्यक्ष गुरुङका अनुसार उक्त कार्यक्रममा कलाकारहरुले नेपाली तथा गुरुङ समुदायको पहिचान झल्किने गरी विविध साङ्गीतिक प्रस्तुतिहरु पस्किने भएका छन्। साङ्गीतिक कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपाली लोक दोहरी तथा चलचित्र क्षेत्रमा दुइ दशक बढि योगदान पुर्याइसकेकी चर्चिच गायिका/ कलाकार रञ्जिता गुरुङ रहने भएकी छिन् भने, स्थानीय चर्चित कलाकारहरुले पनि मञ्चलाई साझा गर्दै ‘ल्होछार साँझ-२०२५’ मा साङ्गीतिक रौनक थप्न भरपूर प्रयास गर्ने भएका छन्।

अध्यक्ष गुरुङका अनुसार विविध साङ्गीतिक कार्यक्रमको अतिरिक्त कार्यक्रम स्थलमा नेपालीपन तथा पहिचानका विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिने भएको छ। कार्यक्रममा सहभागिताका लागि आयोजकले प्रवेश शुल्क स्वरुप प्रति व्यक्ति ५० डलरको टिकट बिक्री गरिरहेको छ भने, १० वर्ष मुनीका बालबालिकाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गर्ने भएको छ।

बोस्टन गुरुङ समाजका अध्यक्ष सर्मेन गुरुङले विगतमा झैं ल्होछार पर्वको अवसरमा आयोजना गर्न लागिएको ‘ल्होछार साँझ-२०२५’ मा सहभागी भइदिन न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका गुरुङ समुदायसहित सम्पूर्ण नेपाली समुदायलाई निमन्त्रणा गरेका छन्। विगतमा झैं यस वर्ष पनि सबै नेपाली समुदाय माझ तमु ल्होछार पर्व सामुहिक रुपमा हर्षोल्लासका साथ मनाउन बोष्टन गुरुङ समाज आतुर रहेको र त्यसका लागि आवश्यक तयारीमा अहोरात्र जुटिरहेको उनले जानकारी गराए।

फाइल तस्बिर।

चाइनिज पात्रो अनुसार १२ वर्षलाई एउटा चक्र मानेर हरेक वर्ष १२ वटा छुट्टा छुट्टै जनावरहरुका आधारमा नाम राख्ने गरिन्छ। तिब्बती बौद्धमार्गीहरुले वर्ष दिन भरी तमु या तालो ल्होछार, सोनाम ल्होछार र ग्याल्बो ल्होछार गरी तिन प्रकारको ल्होछार मनाउने गरेको पाइन्छ। जो नेपालमा पनि प्रचलित छ।

यसै सिलसिलामा यस पटक गुरुङ समुदायले ‘‘सप्ह्री ल्हो(सर्प वर्ग)वर्षलाई विदाइ गर्दै त ल्हो (घोडा वर्ग) वर्षलाई स्वागत गर्दै छ। यस वर्ष ‘तमु ल्होछार’ यही आउदो पौष १५ गते अर्थात डिसेम्बर ३० तारिख मङ्गलवारका दिन परेको छ। यस दिन नेपाल लगायत विश्वभर छरिएर रहेका गुरुङ समुदायले विविध कार्यक्रमहरु गरी आफ्नो विशेष पर्व ‘तमु ल्होछार’ हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छन्।

शेयर गर्नुहोस:

4.5k
Shares