मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बृद्धलाई ठगी गरेको आरोपमा ग्रिनकार्ड वाहक नेपाली पक्राउ

बृद्धलाई ठगी गरेको आरोपमा ग्रिनकार्ड वाहक नेपाली पक्राउ

पुटनम काउन्टी टेनेसी

Photo: FOX 17 News

दुई जना बृद्धलाई २ लाख ७० हजार अमेरिकी डलर ठगी गरेको आरोपमा नेपाली युवालाई स्थानिय प्रहरीले पक्राउ गरेको छ ।

नाशभिल वस्ने ग्रिनकार्ड प्राप्त ३० बर्षका नेपाली तुलसीराम तिमिल्सनालाई गत डिसेम्बर १० मा ती बृद्धलाई विभिन्न वहानामा ठगी गरेको आरोपमा पक्राउ गरिएको स्थानिय टेलिभिजन च्यानल फक्स १७ ले जनाएको छ ।

Advertisement

पुटनम काउन्टी सेरिफ कार्यालयका अनुसार यो ठगी योजना सेप्टेम्बर १९ मा शुरु भएको थियो । पिडितको वयान अनुसार एकजनाको कम्प्युटरमा पप अफ हुदैं अलर्ट देखा पर्यो । उक्त सन्देश माइक्रोसफ्टवाट आएको जस्तो देखिन्थ्यो । त्यसमा दिईएको फोन नम्बरमा कल गर्न भनिएको थियो ।

पिडितले उक्त नम्बरमा फोन गर्दा उठाउन व्यक्तिले कम्प्यूटर ह्याक भएको वताउंदै बैंकसंग सम्पर्क गर्नुपर्ने भन्यो ।

ती बृद्धाले आफ्नो क्रेडिट कार्डको पछाडीपट्टीको उल्लेख गरिएको नम्बरमा फोन गरिन । तर, उक्त फोन नम्बर पनि बैंकको आधिकारिक थिएन । उक्त व्यक्तिले पिडितको कम्प्युटरमा बाल अश्लील सामग्री भेटिएको आरोपमा संघीय अनुसन्धान अन्तर्गत रहेको वताउंदै यसवारेमा कसैलाई नभन्न भन्यो ।

सेरिफहखे कार्यालयका अनुसार त्यसपछि पिडितहरुलाई स्पेन्सर कोइन एण्ड सिल्भर वाट सुन किन्न निर्देशन दिइयो । उनीहरुले अक्टोबर ३ मा सुन चांदी किने । सेप्टेम्बर १९ देखि नोभेम्बर ५ सम्मको अवधिमा पिडितहरुले जम्मा २ लाख २८ हजार सय २९ डलर निकाले र सुन किन्न स्थान्तरण गरेका थिए ।

नोभेम्बर ५ मा एक जना अज्ञात पुरुष पीडितको घरमा सिक्का लिन आएको थियो । त्यही वेला पीडितका श्रीमानले उक्त व्यक्तिको र उसको गाडीको तस्बिर खिचेका थिए सेरिफ कार्यालयका अनुसार पीडितका श्रीमानलेआफ्नो रिटायमेन्ट खाता बारे बैंकवाट कुनै जानकारी नआएपछि प्रहरीसंग सम्पर्क गरेका थिए ।

त्यही खिचेका तस्विरका आधारमा प्रहरीले नाशभिल निवासी तिमिल्सनालाई पहिचान गरेको थियो । उनलाई गत वुधवार नियन्त्रणमा लिएर जेष्ठ नागरिककको आर्थिक शोषण आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरेका तिमिल्सनासंग २ लाख डलर धेरौटी मागिएको छ ।

तिमिल्सना नेपालवाट आएका र ग्रिनकार्डमा अमेरिकामा बसोबास गरिरहेको सेरिफ कार्यालयले जनाएको छ । अमेरिकामा वस्ने नेपाली यस प्रकारका ठगी प्रकरणमा संलग्न भएको यो संभवत पहिलो हो ।

स्थानिय प्रहरीले यदी कसैलेृ ठगी गर्न लागेको शंका लागेमा तत्काल प्रहरी वा सम्वन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ । तिमिल्सनालाई जनवरी १६ मा अदालतमा उपस्थित गराउन मिती तोकिएको छ ।

शेयर गर्नुहोस:

3.2k
Shares