मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बोस्टन   
मुख्य समाचार   
राजनीति-समाज   

राजनितिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको खाँचो: नेका सहमहामन्त्री उपाध्याय

राजनितिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको खाँचो: नेका सहमहामन्त्री उपाध्याय


अमेरिका, बोस्टन। नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले नेपाली राजनितिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको जिकिर गरेकी छिन्। नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपा, काठमाडौंमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी केन्द्रीय समितिको बैठकमा गत सुक्रवार आफ्नो धारणा राख्दै उनले यस्तो जिकिर गरेकी हुन्।

उपाध्यायले पार्टी भित्र व्यक्तिवादी चरित्र, पद र शक्तिको दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउने, आर्थिक लाभमा लिप्त हुने, पारदर्शी र जवाफदेही नहुने प्रवृत्ति मौलाउदै गएको बताउदै चिन्ता व्यक्त गरिन्। सम्बोधनका क्रममा उनले जेनजी आन्दोनलाई नजरअन्दाज नगर्न चेतावनी दिदै भनिन्, ‘जेनजी आन्दोलनले उठाएका प्रश्नहरू केवल युवाहरूको आवाज मात्र होइनन्, ती हाम्रो राजनीतिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको माग पनि हुन्।’

जनताको भावना, जेनजी पुस्ताको आकाङ्क्षा र समयको माग बिपरितका कदमहरुका कारण अकल्पनीय घटना घट्न पुगेको उनको ठहर थियो। वर्तमान सङ्कटका बेला नेपाली काँग्रेस आन्तरिक विवादमा अल्झिन नहुने र निकास दिन थप एकताबद्ध, होसियार र जिम्मेवार भएर आवश्यक भूमिका निर्वाह गर्नु पर्नेमा सहमहामन्त्री उपाध्यायको जोड थियो। पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिदै उनले पार्टीको नियमित महाधिवेशन समयमा नै सम्पन्न गर्न  एकबद्ध र प्रतिबद्ध भएर तयारीमा जुट्नु पर्ने बताइन्।

आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले पार्टीको मेरुदण्ड क्रियाशील सदस्यता रहेको जनाउदै विधान अनुसार हरेक वर्ष नयाँ क्रियाशील सदस्या वितरण तथा नविकरण गरिनु पर्नेमा त्यसो नभइरेकोमा चिन्ता र असन्तुष्टि व्यक्त गरिन्। क्रियाशीलता वितरण/ नविकरणको कार्य परिणाममूखी हुन नसक्नुमा महामन्त्री द्वय नै प्रमुख जिम्मेवार रहेको उनको जिकिर थियो। उपाध्यायले महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाको भूमिकाप्रति कटाक्ष गर्दै क्रियाशील सदस्यता वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रविधियुक्त बनाउनु पर्ने र त्यसका लागि महामन्त्रीहरुले नभ्याए आफू जिम्मेवारी लिन तयार रहेको बताइन्।

उपाध्यायले जेनजी आन्दोलनका क्रममा भएका दु:खद घटनाहरु र जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दै पार्टी र पार्टी नेताहरुलाई लक्षित गरी गरिएको आक्रमण तथा अगजनीहरु, पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलालगायतको भर्त्सना गरिन्। आफ्नो धारणा राख्ने क्रममा उनले जेनजी आन्दोलनका क्रममा घटेको घटनाको निष्पक्ष छानबीन गरी दोषीहरुलाई शक्त कारबाही गर्न जोडदार मागसमेत गरिन्।

नेपालको तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाका बिरुद्ध राजनितिक लडाइ लड्न नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघमा आबद्ध भइ राजनितिमा होमिएर विभिन्न समयमा पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरिसकेकी उपाध्याय पूर्व सभासद तथा पूर्व जलश्रोत राज्यमन्त्री समेत हुन्।

शेयर गर्नुहोस:

1.3k
Shares