मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ग्रेटर अस्टिनमा भव्य छठ पर्व

ग्रेटर अस्टिनमा भव्य छठ पर्व


हट्टो (टेक्सास) — अस्टिन क्षेत्रका नेपाली समुदायले हिन्दू धर्मको महान् पर्व छठ पूजा यस वर्ष पनि भव्य रूपमा मनाएका छन्। ग्रेटर अस्टिन नेपाली सोसाइटी र मधेशी समाजको संयुक्त आयोजनामा हट्टोस्थित पशुपतिनाथ मन्दिरमा सम्पन्न कार्यक्रममा १५०० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा महिलाहरूले परम्परागत पहिरन धारण गरी जलमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरे। मन्दिर परिसर र रंगीन मालाले सजिएका मण्डपहरूले वातावरणलाई नेपालकै झल्को दिने बनाएको थियो। उपस्थित भक्तहरूले फलफूल, ठेकुवा, कसार र अन्य प्रसादका साथ सूर्य भगवान् र छठी माईको पूजा गरे।

Advertisement
ADVERTISEMENT

छठ पर्व सूर्यदेव र उषा (सन्ध्या देवी) लाई समर्पित वैदिक पर्व हो। यसमा भक्तहरूले चार दिनसम्म व्रत बस्दै परिवारको सुख, स्वास्थ्य र समृद्धिको कामना गर्छन्। यस पर्वले प्रकृतिप्रतिको श्रद्धा र आत्मसंयमको प्रतीकको रूपमा नेपालीहरूका हृदयमा विशेष स्थान ओगटेको छ।

अघिल्ला वर्षहरूमा पनि छठ पर्वमा भक्तजनहरू राम्रो सहभागिता रहँदै आएको, तर यस वर्षको सहभागिता र समर्पण विशेष रूपमा उल्लेखनीय रहेको आयोजकले बताए ।

 

कार्यक्रमको अन्त्यमा सामूहिक आरती गरिएको थियो र उपस्थित सबैलाई प्रसाद वितरण गरिएको थियो। अस्ताउँदो सूर्यसँगै प्रार्थना गर्ने ती क्षणहरूले ह्युटोको आकाशलाई धार्मिक भावना र एकताको उज्यालोले झलमल्ल बनायो।

शेयर गर्नुहोस:

6.5k
Shares