मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

प्याब्फोनको इतिहासमै पहिलो पटक मतदानबाट नेतृत्वको छिनोफानो

प्याब्फोनको इतिहासमै पहिलो पटक मतदानबाट नेतृत्वको छिनोफानो

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति, वार्षीक साधारण सभा सम्पन्न


– प्याब्फोनको इतिहासमै पहिलो पटक मतदानबाट नेतृत्वको छिनोफानो।
घिमिरे बने विजेता, श्रेष्ठ बनिन् उपविजेता।
-अन्य पदाधिकारीकारीहरु र सदस्यहरु निर्विरोध चयन।
– वार्षीक साधारण सभा सम्पन्न

अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को नयाँ कार्यसमिति चयन भएको छ। आज सेप्टेम्बर २१,२०२५ आइतवार सम्पन्न निर्वाचन परिणाम अनुसार आगामी दुइ वर्षीय कार्यकाल(२०२५-२०२७)का लागि अध्यक्ष पदमा ध्रुव घिमिरे चयन भएका छन्। संस्थाको इतिहासमै पहिलो पटक नेतृत्व चयनको छिनोफानो मतदानबाट भएको हो। यस अघिका कार्यसमितिहरु निर्विरोध चयन हुदैआएका थिए।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार, पूर्व  महासचिव तथा वर्तमान बोर्ड अफ ट्रस्टीजका उपाध्यक्ष घिमिरेले आफ्नो प्रतिस्पर्धी निवर्तमान कार्यसमितिकी प्रथम उपाध्यक्ष यलीना श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन्। निर्वाचन प्रक्रिया अन्तर्गत भएको मतदानमा कूल २२८ मतदाताबाट १२८ मत खसेको थियो। जस मध्य विजयी घिमिरेले ६९ मत प्राप्त गरेका थिए भने, उपविजेता श्रेष्ठले ५८ मत प्राप्त गरेकी थिइन्। १ मत भने बदर भएको थियो।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार, निर्वाचन प्रक्रियामा सहभागी भइ पदाधिकारी र सदस्य पदमा मनोनयन दर्ता गरेका उमेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन्। जस अनुसार नयाँ निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मिलन कुमार कार्की द्वितीय उपाध्यक्षमा रञ्जन थापा र तृतीय उपाध्यक्षमा सुक गुरुङ निर्वाचित भएका छन्। त्यसैगरी, महासचिवमा परशुराम फुयाल, सचिवमा मुरारी पोखरेल, कोषाध्यक्षमा सञ्जय तिमल्सिना र सहकोषाध्यक्षमा अखण्ड श्रेष्ठ चयन भएका छन्।

संस्थाको विधान अनुसार १७ सदस्य पदका लागि भएको निर्वाचनमा १३ जनाले मात्र मनोनयन दर्ता गरेका थिए। मनोनयन दर्ता गर्ने सबै उमेदवारहरु निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुने सदस्यहरुमा भिष्म आचार्य, दामोदर उप्रेती, विजय कार्की, सङ्गीत निरौला, रजनी आचार्य पौडेल, रोशना घिमिरे, चिरञ्जीवी आचार्य, जालप्रसाद घिमिरे, सिन्धु पोखरेल, प्रमिला धमला बन्जरा, लिलीमा श्रेष्ठ, प्रमोद गौतम र चन्द्र मण्डल रहेका छन्। प्रवक्ता र थप चार सदस्य पदमा भने कसैको पनि उमेदवारी पर्न सकेन।

निर्वाचन परिणाम घोषणा लगतै निर्वाचित भएकाहरुलाई संस्थाको विधान अनुसार सपथग्रहण गराइएको थियो।

निर्वाचित भए लगतै प्रतिक्रिया दिदै नयाँ कार्यसमितिका अध्यक्ष घिमिरेले आफूलाई अमूल्य मत दिएर जिताउने मतदाताहरुलाई धन्यवाद दिएका छन्। उनले उपविजेता यलीन श्रेष्ठलाई संगै लिएर हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। प्रतिक्रिया दिने क्रममा उनले भने, ”म उपविजेता यलीना श्रेष्ठ दिदीलाई पनि संगै लिएर हामी हातेमालो गर्दै अगाडि बढ्ने प्रण गर्दछु।” अध्यक्ष घिमिरेले मन्दिरका लागि श्रेष्ठले पुर्याएको योगदानको स्मरण गर्दै भने ”उहाँको पनि यो मन्दिरप्रति निकै नै लगाब थियो। उहाँको यो लगाव झुकावलाई म निरन्तरताका साथ सलाम गर्दै उहाँहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने जमर्को गर्नेछु।”

वार्षीक साधारण सभा सम्पन्न

यसैबीच, आजै सेप्टेम्बर २१, २०२५ आइतवार प्याब्फोनको वार्षीक साधारण सभा पनि सम्पन्न्न भएको छ। साधारण सभाले एक वर्ष भित्र संस्थाले सम्पन्न गरेका क्रियाकलापहरु समेटिएको संस्थागत प्रगति प्रतिवेदन र भए गरेका आयव्यय समेटिएको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यसमितिका अध्यक्ष बिरोचन नेपालको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुष्कर न्यौपानेलाई आगामी एक वर्षका लागि संस्थाको आधिकारिक लेखापरीक्षकमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ।

नयाँ कार्यसमिति चयनका प्रक्रियाहरु र वार्षीक साधारण सभा प्याब्फोनको आफ्नै सामुदायिक भवनमा सम्पन्न गरिएको थियो।

शेयर गर्नुहोस:

7.7k
Shares