मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
मुख्य समाचार   
विचार / ब्लग    

अलबिदा हरिबोल

अलबिदा हरिबोल


शेयर गर्नुहोस:

9.7k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । गत मंगलवार दिउँसो १ बजे टेक्सस ड्यालसमा हरिबोल भण्डारीका बारेमा के हो ? कसो हो भन्दै फोन बज्न सुरू भयो । एकै छिनमा हरिबोलको अवस्थाका वारे चिन्ता व्यक्त हुने क्रम सहरभर फैलिसकेको थियो । हल्ला राम्रो चलेको थिएन । सबैले चाहेका थिए सुनेको हल्ला सत्य नहोस ।

मंगलवार साँझ नेपालमा बुधवार विहान काठमाडौ जोरपाटी सडकमा एकाएक गाडीको ताँती बढेपछि ट्राफिक प्रहरी पनि किन यस्तो भयो भनेर अचम्ममा परेका थिए । त्यसबेला हरिबोलको बारेमा कसैले सुन्न नचाहेको समाचार काठमाडौ पुगिसकेको थियो । त्यही भएर जोरपाटीमा उसको परिवारलाई समवेदना दिन जानेले गर्दा त्यहाँ ट्राफिक बढेको थियो । २०४६ का अर्थात सन् १९९० को जनआन्दोलन पछि नेपालको समाचार थप खुला भएको थियो । त्यही बेला काठमाडौ शहर पनि विस्तार हुँदै जोरपाटी पुगिसकेको थियो । परिवर्तनले राजनीति जनताको घरदैलोसम्म पुगेको थियो ।

अमृत साइन्स कलेजमा पढ्दा पढ्दै संसदीय चुनाव आयो । तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइलाइ जिताउन हरिबोल खटिसकेको थियो । त्यसबेलाको राजनीतिक चस्काले उ तरुण दलको केन्द्रिय सदस्य, कांग्रेस महाधिवेशन सदस्य बन्न पुग्यो । एक बर्ष अगाडी कांग्रेस महामन्त्री गगन थापाले हरिबोलको प्रशंसा गर्दै भनेका थिए हरिबोल दाई अमेरिका बसेर पनि अत्याधिक मतका साथ काठमाडौबाट महाधिवेशन प्रतिनिधि चुनिन सक्नुभयो यो उनको खुवी हो । एक पटक सांसद र मन्त्री हुने उनको रहर थियो । त्यो रहरलाई पुरा गर्न उनले योजना पनि बनाईरहेका थिए ।

२०४६ को परिवर्तन पछि देशले उदार खुला अर्थनीति अंगालेको थियो । व्यवसाय गर्न सजिलो भएको थियो । नेपालको उनी गलैंचा, पश्मिना युरोपको बजारमा माग वढ्दै गएको थियो । त्यही वेला परिवारसँगै हरिबोल पनि व्यवसायमा प्रवेश गरेका थिए । पस्मिना व्यापार बढाउन वाकस लिएर ऊ विदेश जान शुरु गर्यो । त्यही क्रममा उ अमेरिकासम्म आईपुग्यो । नेपालमा व्यवसाय गर्दा लिएको अनुभव उनले अमेरिकामा पनि उपयोग गर्यो । यहाँ थुप्रै स्टोर, रियल स्टेट, होटल लगायतमा उनी संलग्न भएका थिए । उसले कैयौंलाई साझेदार बनाएर विजनेसमा ल्यायो । अहिले उसको लगानी भएको व्यवसायमा सयौंले रोजगारी पाएका छन । अधिकांश नेपाली छन र कयौं अमेरिकीले पनि रोजगारी पाएका छन् । यहाँको गरेको आम्दानीवाट उसले नेपालमा होटल, जलविद्युत, रियल स्टेट, वित्तीय क्षेत्र लगायतमा लगानी गर्न पुगे । विस्तारै व्यवसायमा २४ बर्ष पुगेको छोरालाई जिम्मेवारी दिदै उनी समाजसेवामा जाने तयारीमा थिए ।

हरिबोलको कसैलाई भेटेपछि साथी वनाईहाल्ने स्वभाव थियो । त्यसैले नेपालका वरिष्ठ राजनीतिज्ञ देखी आफू भन्दा कम उमेर भएकाहरुसँग पनि राम्रो सम्वन्ध बनाएको थियो । हरिबोलले राजनीति र व्यवसायमा संलग्न हुँदा निकै ठूलो नेटवर्क बनाएको थियो ।

आइतवार उनको अन्तेष्टीमा ड्यालसमा उर्लिएको नेपाली समुदायको ठुलो संख्याले पनि त्यही पुष्टि गरेको थियो । नेपालबाट कयौंले हरिबोलले किन त्यस्तो गर्यो भनेर सोध्नेहरुको संख्या पनि कम थिएन ।

अहिले पनि ड्यालसमा हरिबोलले किन त्यस्तो गर्यो भन्ने प्रश्नहरु मडारिरहेका छन् । उत्तर नदिने गरी उनले महाप्रस्थान गरिसकेका छन्। परिवार, साथीभाई, समाज सबैले हरिबोल तिमीले यस्तो किन गर्यौ भन्ने मनमा भने परेको छ । आखिर जे लेखेको हो त्यही हुन्छ, अलिविदा हरिबोल ।

शेयर गर्नुहोस:

9.7k
Shares