राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेल पुराना नेपाली मुद्रा संकलन सौखिन हुन् । केही बर्ष अघि अमेरिकामा रहंदा उनले अनलाइनवाटै केही नेपाली मुद्रा किनेका थिए । संयोग अहिले उनी नेपाली नोटमा हस्ताक्षर गर्ने ठाउंमा पुगेका छन् ।
विदेशमा पढेका युवालाई सरकारले देशको मुख्य मौद्रिक निकाय राष्ट्र बैंकको मुखिया वनाएको छ । सरकारले गभर्नरमा एक जना युवा व्यक्तिलाई ल्याएर सकरात्मक सन्देश दिन खोजेका छ । उनको नियुक्त लगत्तै नेपालको शेयर बजार वढेकाले पनि आर्थिक क्षेत्रले यो निर्णयलाई सकारात्मक रुपमा लिएको देखिन्छ । नवनियुक्त गभर्नर पौडेललका लागि भने गभर्नर पद केही गरेर देखाउनु पर्ने यो मौका र चुनौती दुवै हो । राजनीतिमा होमिसकेका पौडेलले ट्रक्नोक्रयाट भुमिका निभाउनुपर्ने जिम्मेवारी पाएका छन् । फरक राजनीतिक पार्टीमा भए पनि अर्थमन्त्रीसंग पौडेलको राम्रो समन्वय छ । यो दुवैका लागि फाइदाजनक हुने छ ।
राष्ट्र बैंक झण्डै २ महिना गभर्नर विहिन भयो । देशको अर्थतन्त्रमा केही फरक परेन । देशको अर्थतन्त्र अहिले यस्तो कमजोर अवस्थामा छ जव सम्म रेमिट्यान्स आईरहन्छ त्यसवेला सम्म यो तल झर्ने अवस्था छैन । रेमिट्यान्सकै कारण गभर्नर र अर्थमन्त्री र सत्तासिनहरुले केही नगरी वस्ने सुविधा पाएका छन् । त्यसैले मुख्य आर्थिक सुचकहरु राम्रा त छन् तर, अर्थतन्त्रको जग निकै कमजोर छ । परजिवी अर्थतन्त्र लिएर हामी हिडिरहेका छौं । सांच्चै भन्ने हो भने नेपालको अर्थतन्त्र भारत,खाडी मुलुक, मलेसिया र अमेरिकाले लिने पोलिसी र निर्णयमा निर्भर छ । देशको अर्थतन्त्रलाई यसभन्दा फरक वनाउने गरी हस्तक्षेप गर्ने अर्थमन्त्री र गभर्नर देशले नपाएको लामो समय भईसक्यो ।
आर्थिक सुधारको गति रोकिएको छ । आर्थिक क्षेत्रमा नयां सोच नीति ल्याएर कार्यान्वयन गर्ने नेतृत्व नआएको लामो समय भयो । अहिले पनि अर्थतन्त्र पुर्व अर्थमन्त्रीहरु महेश आचार्य र डा रामशरण महतले खडा गरेको जगमा उभिएको छ । रेमिट्यान्सले गर्दा देशको निर्वाहमुखी अर्थतन्त्र चलिरहेको छ । सत्तामा वस्ने र सरकारी कर्मचारीले सुविधा उपयोग गर्न पाएका छन् । यही कारण युवाहरु विदेश पलायन डरलाग्दो गरी वढिरहेको छ । जहिले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिड लागिरहन्छ ।
अमेरिकाको पनि चर्चित विश्वविद्यालय युनिर्भसिटी अफ क्यालिफोर्नियामा पढेर केही गर्छु भनि पौडेल नेपाल फर्किएका थिए । उनले राम्रो मौका पनि पाए । योजना आयोगमा सदश्य, उपाध्यक्ष भए । अहिले गभर्नर । पहिलेका पदपनि महत्वपुर्ण थिए । तर, योजना आयोगका सदश्य र उपाध्यक्ष जस्तो महत्वपुर्ण पदमा हुदां पौडेलले सम्झन लायक काम भने गर्न सकेनन् । सायद त्यहां उनले केही सिक्ने मौका भने पाए । राजनीतिमा पनि उनको करिश्मा चलेन । चुनाव हारे । विगतको जस्तै हविगत भयो भने यो देशका लागि पनि दुर्भाग्य हुने छ ।
भारतमा केही बर्ष अघि विदेशमा पढेका रघुराम राजन त्यहांको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाको गभर्नर वनेका थिए । त्यसवेला राजनले पुराना नीति नियमलाई परिवर्तन गर्दै भारतको वित्तीय क्षेत्रलाई नयां वाटो तर्फ हिडांएका थिए । त्यहांको अर्थतन्त्र प्रति विश्वास वढाउने गरि काम गरेका थिए । अहिले नेपालमा पनि यस्तै अर्थतन्त्र र वित्तीय क्षेत्रलाई नयां वाटोमा लैजान सक्ने गभर्नर चाहिएको छ ।
नेपालको वित्तीय क्षेत्रमा समस्याहरु देखिन थालेको छ । बैंकहरु धितो विशेष गरी घरजग्गामा धितोमा निर्भर छन् । वित्तीय क्षेत्र परम्परागत शैलीमै चलिरहेको छ । वित्तीय संस्थाहरु ग्राहक मैत्री छैनन् । अर्थतन्त्र असन्तुलित रुपमा हिडिरहेको छ । धन लाभ स्वास्थ्यमा वाधा भनेर लेखिएका साप्ताहिक राशीफल जस्तो गरी अर्थतन्त्र हिडिंरहेको छ । सानो देखी ठुला चुनौतीहरु छन् । भारतीय रुपैंया र नेपाली रुपैंया विचको विद्यमान विनिमय दर असान्दर्भिक भईसकेको छ । व्यवसायीहरु पैसा हुनेलाई खर्च गर्ने ठाउं नभएको वताउंदै आएका छन् । न्यून आम्दानी हुनेलाई महंगीले सताएको छ । यस्ता समस्या थुपैै छैन । यसलाई सच्चयाउने जिम्मेवारी गभर्नरको हो । त्यसैले नयां गभर्नरलाई चुनौती नलिई सजिलै जागिर पचाउने छुट छैन ।
मुख्य कुरो आर्थिक सुधारको गति रोकिएको धेरै भईसक्यो । वित्तिय क्षेत्रमा पनि नयां सोचको आवश्यकता परिसकेको छ । कांग्रेस पार्टी उदार अर्थनीतिको पक्षधर हो । २०४० साल तिरै शुरु भएको आर्थिक सुधारलाई कांग्रेस सरकारले तिव्रता दिएको थियो । अहिले अर्थमन्त्रालयलाई समेत विश्वास लिएर पौडेलले आर्थिक सुधारमा बांकी रहेका केही काम गर्न सके पनि यो देशको हितमा हुने छ ।
नवनियुक्त गभर्नरसंग नेपालका केही महत्वपुर्ण स्थानमा काम गरेको अनुभव भए पनि ठुलो प्रशासन चलाएको अनुभव भने छैन । राष्ट्र बैंक भित्र आफ्नै खालको संरचना छ । पौडेलले त्यहांको कर्मचारी प्रशासनलाई कुशल नेतृत्व दिनु पर्ने देखी अर्थतन्त्र र मौद्रिक नीतिलाई प्रभावकारी ढंगले चलाउनु पर्ने चुनौती पनि छ ।
राजनीतिमा होमिसकेका पौडेलमा राजनीतिक महत्वकांक्षा सकिएको पक्कै पनि छैन होला । गभर्नरको पदमा रहंदा सम्म यो राक्नु पर्ने हुन्छ । तर, गभर्नर पछि पौडेलको राजनीति कहां जान्छ भन्ने निर्णय भने उनको कामले तय गर्ने छ । आय राम गयराम गभर्नर भए भने पौडेलको राजनीतिक भविष्यमा समेत पुर्णविराम लाग्ने छ ।
प्रतिक्रिया