मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

राजनीतिमा होमिएर फर्किएका गभर्नर विश्व पौडेल

राजनीतिमा होमिएर फर्किएका गभर्नर विश्व पौडेल


राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेल पुराना नेपाली मुद्रा संकलन सौखिन हुन् । केही बर्ष अघि अमेरिकामा रहंदा उनले अनलाइनवाटै केही नेपाली मुद्रा किनेका थिए । संयोग अहिले उनी नेपाली नोटमा हस्ताक्षर गर्ने ठाउंमा पुगेका छन् ।

विदेशमा पढेका युवालाई सरकारले देशको मुख्य मौद्रिक निकाय राष्ट्र बैंकको मुखिया वनाएको छ । सरकारले गभर्नरमा एक जना युवा व्यक्तिलाई ल्याएर सकरात्मक सन्देश दिन खोजेका छ । उनको नियुक्त लगत्तै नेपालको शेयर बजार वढेकाले पनि आर्थिक क्षेत्रले यो निर्णयलाई सकारात्मक रुपमा लिएको देखिन्छ । नवनियुक्त गभर्नर पौडेललका लागि भने गभर्नर पद केही गरेर देखाउनु पर्ने यो मौका र चुनौती दुवै हो । राजनीतिमा होमिसकेका पौडेलले ट्रक्नोक्रयाट भुमिका निभाउनुपर्ने जिम्मेवारी पाएका छन् । फरक राजनीतिक पार्टीमा भए पनि अर्थमन्त्रीसंग पौडेलको राम्रो समन्वय छ । यो दुवैका लागि फाइदाजनक हुने छ ।

Advertisement

राष्ट्र बैंक झण्डै २ महिना गभर्नर विहिन भयो । देशको अर्थतन्त्रमा केही फरक परेन । देशको अर्थतन्त्र अहिले यस्तो कमजोर अवस्थामा छ जव सम्म रेमिट्यान्स आईरहन्छ त्यसवेला सम्म यो तल झर्ने अवस्था छैन । रेमिट्यान्सकै कारण गभर्नर र अर्थमन्त्री र सत्तासिनहरुले केही नगरी वस्ने सुविधा पाएका छन् । त्यसैले मुख्य आर्थिक सुचकहरु राम्रा त छन् तर, अर्थतन्त्रको जग निकै कमजोर छ । परजिवी अर्थतन्त्र लिएर हामी हिडिरहेका छौं । सांच्चै भन्ने हो भने नेपालको अर्थतन्त्र भारत,खाडी मुलुक, मलेसिया र अमेरिकाले लिने पोलिसी र निर्णयमा निर्भर छ । देशको अर्थतन्त्रलाई यसभन्दा फरक वनाउने गरी हस्तक्षेप गर्ने अर्थमन्त्री र गभर्नर देशले नपाएको लामो समय भईसक्यो ।

आर्थिक सुधारको गति रोकिएको छ । आर्थिक क्षेत्रमा नयां सोच नीति ल्याएर कार्यान्वयन गर्ने नेतृत्व नआएको लामो समय भयो । अहिले पनि अर्थतन्त्र पुर्व अर्थमन्त्रीहरु महेश आचार्य र डा रामशरण महतले खडा गरेको जगमा उभिएको छ । रेमिट्यान्सले गर्दा देशको निर्वाहमुखी अर्थतन्त्र चलिरहेको छ । सत्तामा वस्ने र सरकारी कर्मचारीले सुविधा उपयोग गर्न पाएका छन् । यही कारण युवाहरु विदेश पलायन डरलाग्दो गरी वढिरहेको छ । जहिले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिड लागिरहन्छ ।

अमेरिकाको पनि चर्चित विश्वविद्यालय युनिर्भसिटी अफ क्यालिफोर्नियामा पढेर केही गर्छु भनि पौडेल नेपाल फर्किएका थिए । उनले राम्रो मौका पनि पाए । योजना आयोगमा सदश्य, उपाध्यक्ष भए । अहिले गभर्नर । पहिलेका पदपनि महत्वपुर्ण थिए । तर, योजना आयोगका सदश्य र उपाध्यक्ष जस्तो महत्वपुर्ण पदमा हुदां पौडेलले सम्झन लायक काम भने गर्न सकेनन् । सायद त्यहां उनले केही सिक्ने मौका भने पाए । राजनीतिमा पनि उनको करिश्मा चलेन । चुनाव हारे । विगतको जस्तै हविगत भयो भने यो देशका लागि पनि दुर्भाग्य हुने छ ।

भारतमा केही बर्ष अघि विदेशमा पढेका रघुराम राजन त्यहांको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाको गभर्नर वनेका थिए । त्यसवेला राजनले पुराना नीति नियमलाई परिवर्तन गर्दै भारतको वित्तीय क्षेत्रलाई नयां वाटो तर्फ हिडांएका थिए । त्यहांको अर्थतन्त्र प्रति विश्वास वढाउने गरि काम गरेका थिए । अहिले नेपालमा पनि यस्तै अर्थतन्त्र र वित्तीय क्षेत्रलाई नयां वाटोमा लैजान सक्ने गभर्नर चाहिएको छ ।

नेपालको वित्तीय क्षेत्रमा समस्याहरु देखिन थालेको छ । बैंकहरु धितो विशेष गरी घरजग्गामा धितोमा निर्भर छन् । वित्तीय क्षेत्र परम्परागत शैलीमै चलिरहेको छ । वित्तीय संस्थाहरु ग्राहक मैत्री छैनन् । अर्थतन्त्र असन्तुलित रुपमा हिडिरहेको छ । धन लाभ स्वास्थ्यमा वाधा भनेर लेखिएका साप्ताहिक राशीफल जस्तो गरी अर्थतन्त्र हिडिंरहेको छ । सानो देखी ठुला चुनौतीहरु छन् । भारतीय रुपैंया र नेपाली रुपैंया विचको विद्यमान विनिमय दर असान्दर्भिक भईसकेको छ । व्यवसायीहरु पैसा हुनेलाई खर्च गर्ने ठाउं नभएको वताउंदै आएका छन् । न्यून आम्दानी हुनेलाई महंगीले सताएको छ । यस्ता समस्या थुपैै छैन । यसलाई सच्चयाउने जिम्मेवारी गभर्नरको हो । त्यसैले नयां गभर्नरलाई चुनौती नलिई सजिलै जागिर पचाउने छुट छैन ।

मुख्य कुरो आर्थिक सुधारको गति रोकिएको धेरै भईसक्यो । वित्तिय क्षेत्रमा पनि नयां सोचको आवश्यकता परिसकेको छ । कांग्रेस पार्टी उदार अर्थनीतिको पक्षधर हो । २०४० साल तिरै शुरु भएको आर्थिक सुधारलाई कांग्रेस सरकारले तिव्रता दिएको थियो । अहिले अर्थमन्त्रालयलाई समेत विश्वास लिएर पौडेलले आर्थिक सुधारमा बांकी रहेका केही काम गर्न सके पनि यो देशको हितमा हुने छ ।

नवनियुक्त गभर्नरसंग नेपालका केही महत्वपुर्ण स्थानमा काम गरेको अनुभव भए पनि ठुलो प्रशासन चलाएको अनुभव भने छैन । राष्ट्र बैंक भित्र आफ्नै खालको संरचना छ । पौडेलले त्यहांको कर्मचारी प्रशासनलाई कुशल नेतृत्व दिनु पर्ने देखी अर्थतन्त्र र मौद्रिक नीतिलाई प्रभावकारी ढंगले चलाउनु पर्ने चुनौती पनि छ ।

राजनीतिमा होमिसकेका पौडेलमा राजनीतिक महत्वकांक्षा सकिएको पक्कै पनि छैन होला । गभर्नरको पदमा रहंदा सम्म यो राक्नु पर्ने हुन्छ । तर, गभर्नर पछि पौडेलको राजनीति कहां जान्छ भन्ने निर्णय भने उनको कामले तय गर्ने छ । आय राम गयराम गभर्नर भए भने पौडेलको राजनीतिक भविष्यमा समेत पुर्णविराम लाग्ने छ ।

शेयर गर्नुहोस:

5.8k
Shares