मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
साहित्य/सिर्जना   

बोस्टनमा हुने बिडिएको पाँचौं अधिवेशनको सम्पूर्ण तयारी पूरा

बोस्टनमा हुने बिडिएको पाँचौं अधिवेशनको सम्पूर्ण तयारी पूरा

अधिवेशनसंगै 'गजल उत्सव-६ हुने



अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको ब्लड डोनर्स अफ अमेरिकाको पाँचौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। ‘रक्तदान, जीवन दान’ लाई संस्थाको मूल मन्त्र बनाएर परोपकारी अभियानमा जुट्दै आइरहेको बिडिएको पाँचौं अधिवेशन जुलाई १९ र २०, २०२५ २०२५ (शनिवार र आइतबार) म्यासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित नेपाली सामुदायिक भवनमा हुदैछ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको बिडिएका केन्द्रीय सदस्य तथा अधिवेशन मूल आयोजक समितिका सह-संयोजक बिरोचन नेपालले जानकारी दिएका छन्। उनले जनाए अनुसार कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदूत लोक दर्शन रेग्मी सहित अधिकांश अतिथि तथा सदस्यहरु जुलाई १८,२०२५ सुक्रबार नै बोस्टन उत्रिसकेका छन्।

अधिवेशन सह-संयोजक नेपालका अनुसार अधिवेशनको उद्घाटन जुलाई १९, २०२५ शनिवार विहान ९ बजे हुनेछ। उद्घाटन लगतै चिकित्सकहरुसंग ”रक्तदान, जीवन दान” विषयमा अन्तरक्रिया हुनेछ। अन्तरक्रिया सकिएपछि साधारण सभा हुने र साँझ बिडिएसंगको सहकार्यमा गजल यात्रा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास),बोस्टन च्याप्टरको प्रस्तुतिमा गजल यात्रा -६ सुरु हुनेछ। गजल यात्रा-६ अन्तर्गत गजल गायन सहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ।

अधिवेशनको दोश्रो दिन जुलाई २०,२०२५ आइतबार संस्थाको विधान अनुसार आगामी कार्यकाल(२०२५-२७) का लागि निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गर्ने र निर्वाचित कार्यसमितिलाई सपथग्रहण गराउने कार्यतालिका रहेको छ।

केन्द्रीय सदस्य नेपालका अनुसार अधिवेशनको दोश्रो दिन बिडिएको नयाँ कार्यसमिति चयन र सपथग्रण कार्य सम्पन्न भएसंगै ‘गजल उत्सव-६’ अन्तर्गत गजलकारहरुद्वारा गजल बाचन गरिने कार्यक्रम रहेको छ।

शेयर गर्नुहोस:

1.1k
Shares