मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
राजनीति-समाज   

चौरासीमा रास्वपालाई बहुमत दिलाउनुहोस्, जनताको सरकार कस्तो हुन्छ हामी देखाउछौं : नेतृ डा. कार्की

चौरासीमा रास्वपालाई बहुमत दिलाउनुहोस्, जनताको सरकार कस्तो हुन्छ हामी देखाउछौं : नेतृ डा. कार्की

नेपालीले वंशजको नागरिकता पाउनु जन्मसिध्द आधिकार हो : सांसद कार्की


अमेरिका, बोस्टन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा नेतृ डाक्टर तोशिमा कार्कीले आगामी २०८४ सालमा हुने प्रतिनिधिसभाको तेश्रो निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिलाइदिन आग्रह गरेकी छिन्। अमेरिकाको बोस्टनमा गत जुलाई ३, २०२५ बिहिबार प्रवासी नेपालीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने क्रममा कार्कीले यस्तो आग्रह गरेकी हुन्।

अहिलेसम्म देशले जनताको सरकार नपाएको ठोकुवा गर्दै रास्वपाले बहुमतको एकल सरकार सञ्चालन गर्न पाएमा जनताको सरकार कस्तो हुन्छ भन्ने कुरा गरेरै देखाइदिने उनले बताइन्।जनताको सरकार कस्तो हुन्छ भन्ने अनुभव गर्न र नेपाल र नेपालीको उज्वल भविश्य बनाउन रास्वपाको एकल बहुमतको सरकार अपरिहार्य रहेको जिकिर गर्दै उनले सहभागीहरुलाई भोट दिन र दिलाउनका लागि आफ्नो विदा मिलाएर ८४ मा नेपाल आउन निम्तो दिइन्।

प्रतिनिधिसभाको सदस्यसमेत रहेकी सांसद कार्कीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुराना दल तथा तिनका नेताहरु, सरकार, सरकारी निकायहरु, राज्य संरचनाहरुको बेथितिहरुको कडा आलोचना गरिन्। उनले राजनितिमा इमानदारिता नै मुख्य योग्यता भएको तर त्यो योग्यताको कसीमा पुराना दल तथा तिनका नेताहरु पटक पटक फेल भैसकेको ठोकुवा गर्दै अब एक पटक रास्वपालाई मौका दिएर परिक्षा गर्न आग्रह गरिन्। ‘हामीलाई टेष्ट गर्नुस्। जनताको कठघरामा उभिन तयार छौं।’ उनले भनिन्।

कार्कीले आफू जस्तो पुस्ताले आफ्नो सपना थाती राखेर देश बनाउछौं भनेर आउदै गर्दा, एक पटक मौका नदिएमा आफूहरुको त्याग तथा सङ्घर्ष माथि अन्याय हुने बताइन्। सम्बोधनको क्रममा उनले अहिलेको राजनिति ज्यादै फोहरी भएको भन्दै दु:खेसो पोख्नसमेत भ्याइन्। फोहोरी राजनितिलाई ठिक ठाँउमा ल्याउन सज्जन तथा पढेलेखेकाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन् , ‘जती हामी सज्जनहरुले पढेलेखेकाहरुले सहकार्य गर्छौं नि, त्यति ठगहरुले गरेको गठबन्धन कम्जोर हुन्छ। र, देश सिथिल हुनबाट जोगिन सक्छ। देशलाई थप गरिब हुनबाट जोगाउन सकिन्छ। जबसम्म सज्जनहरुले भोट गर्दैनन्, तबसम्म देशलाई ठगहरुले शासन गरिरहन्छन्।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कार्कीले हाल प्रवासी नेपालीहरुले पाउने भनिएको गैरआवासीय नागरिकता दोश्रो दर्जाको नागरिकता भएको बताइन्। उनले बंशजको आधारमा नेपाली नागरिकता पाउनु पर्ने हरेक नेपालीको नैसर्गिक अधिकार भएको दाबी गरिन्। ‘एक पटकको नेपाली, सधैका लागि नेपाली’ भन्ने भनाइलाई उल्लेख गर्दै उनले संसारको जुनसुकै ठाँउमा रहेका नेपालीहरुले बंशजको आधारमा नेपाली नागरिकता पाउनै पर्ने अडान व्यक्त गरिन्। उनले भनिन्, ‘नेपालीले संसारभर जुनकुनै कुनामा जीवनभर अन्तिम साससम्म कानूनी रुपले नेपाली भएर बाच्न पाउनु पर्छ। वन्स अ नेपाली, अलवेज अ नेपाली। बंशजको नागरिकता भनेको खारेज हुनुहुदैन। जन्मसिद्ध अधिकार हो।’ उनले प्रवासी नेपालीहरुलाई नेपाली नागरिकता दिलाउनका लागि सदनमा कुरा उठाउने बताउदै त्यसको पक्षमा वकालत गर्न र सरोकारवालाहरुसंग समन्वय गर्न आफू पुल बन्न तयार रहेको जनाइन्।
कार्यक्रममाको दौरानमा सहभागिहरुले नेपाल, नेपाली, नेपालको व्यवस्था, नेपाल सरकार, रास्वपा, प्रवास, प्रवासी नेपालीलगायत विषयहरुसंग सम्बन्धित प्रश्न तथा जिज्ञासाहरु राखेका थिए। सभासद तथा रास्वपा नेतृ कार्कीले ति प्रश्न तथा जिज्ञासाहरुलाई मेटाउने प्रयास गरेकी थिइन्। उनले पार्टीको सङ्गठन विस्तारका लागि देश विदेशमा अहोरात्र खटिरहिएको र यसै क्रममा अमेरिकामा ‘प्रवास नेपाल सम्पर्क विभाग, अमेरिका’ गठन गरिएको बताइन्। पार्टीले आफ्नो स्पष्ट खाका नै बनाएर नै आगामी निर्वाचनमा जाने गरी ‘ ब्लु प्रिन्ट’ तयार गर्न लागिरहेको उनले खुलासा गरिन्। देशमा निति पर्याप्त भएतापनि नियत ठिक नभएको उल्लेख गर्दै कार्कीले भएका नितिहरुको कार्यान्वयन गर्ने, आवश्यकता परेमा त्यसमा सुधार गर्ने र निति नै नभएका विषयहरुमा निति बनाएर अघि बढिने आफ्नो पार्टीको निति रहेको उल्लेख गरिन्। संघीयताका सवालमा सहभागीहरुले राखेको जिज्ञासामा सांसद कार्कीले वर्तमान अवस्थामा संघीयता घाँडो भएको जिकिर गरिन्। उनले देशको माटो सुहाउदो र जनतामुखी संघीयता बनाउन संघीयतामा आमूल परिवर्तनको खाँचो रहको औंल्याइन्।

रास्वपा पार्टी सभापति रबि लामिछानेका सवालमा सहभागीहरुले उठाएको जिज्ञासामा डाक्टर कार्कीले आफ्नो पार्टी सभापति लामिछानेप्रति पूर्वाग्रह राखेर अन्यायपूर्ण व्यवहार गरिरहिएको ठोकुवा गरिन्। उनले पार्टी सभापति दोसी हो भनेर आजसम्म एउटा प्रमाण दिन नसकिरहेको अवस्थामा आफ्नो सभापति दोषी हो भनेर आफूलाई पत्यार नै नलागिरहे बताइन्। प्रमाण ल्याए आफू सजाय भोग्न तयार छु भनेर सभापति लामिछानेले भनिरहेको र अनुसन्धानलाई सघाइरहेको कार्कीले जिकिर गरिन्। उनले रबिलामिछानेलाई जेलमा राख्दैमा घण्टीलाई जेलमा राख्न नसकिने भन्दै आक्रोस व्यक्त गरिन्। उनले वर्तमान सरकार र पुराना पार्टी तथा तिनका नेताहरुलाई इङ्कित गर्दै भनिन्, ‘रबि लामिछानेलाई जेलमा राख्दैमा, घण्टीलाई जेलमा राख्न सक्नु हुन्न।’ घण्टी सन्सारभरीबाट बज्ने विश्वास व्यक्त गर्दै त्यसको इज्जत र मान राखेर रास्वपाले काम गर्ने नेतृ कार्कीले बाचा गरिन्।कार्यक्रमको दौरानमा नेतृ कार्कीले कुर्सीमा बसेका सहभागिहरुलाई पटक पटक उठाएर ‘म उठ्छु, मेरो देशको लागि’ भन्दै आफ्नो भनाइमा साथ दिन आग्रह गरेकी थिइन्।

१९ दिनका लागि स्वास्थ्य तथा जनसंख्या सहायक मन्त्रीसमेत बनिसकेकी नेतृ कार्कीले आफ्नो अमेरिका दौडाहा अभियान, सबैभन्दा बढि प्रवासी नेपालीहरुको बसोबास रहेको अमेरिकाको टेक्सासबाट सुरु गरेकी थिइन्। उनले ‘मेरो बिदा, मेरो देशको लागि’ लाई अभियानका रुपमा सुरु गर्दै आफ्नो अमेरिका दौडाहालाई कोलोराडो, भर्जिनिया, बाल्टिमोर, न्युजर्सी, न्यू योर्क, न्यू ह्येम्सायर हुदै बोस्टनसम्म पुर्याएर टुङ्ग्याएकी छन्। उनि आफ्नो अमेरिकाको छोटो दौडाहा अभियान सकेर जुलाई ७, २०२५ आइतबार नेपाल फर्किने कार्यतालिका रहेको जनाइएको छ।

शेयर गर्नुहोस:

1.3k
Shares