मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
राजनीति-समाज   

रास्वपाकी नेतृ डा. कार्की ‘मिसन-८४’ अन्तर्गत अमेरिका दौडाहामा व्यस्त

रास्वपाकी नेतृ डा. कार्की ‘मिसन-८४’ अन्तर्गत अमेरिका दौडाहामा व्यस्त


अमेरिका, बोस्टन। नेपालको राजनितिमा हाल चौथो दलको हैसियत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डाक्टर तोशिमा कार्की यतिबेला अमेरिका दौडाहामा व्यस्त रहेकी छिन्। नेपालको संविधान २०७२ अनुसार आगामी बिक्रम संवत् २०८४ सालमा प्रतिनिधिसभाका लागि हुने तेश्रो निर्वाचनमा बहुमत ल्याउने महत्वाकाङ्क्षी लक्ष्य लिएर पार्टीले चालेको अभियान ‘मिसन-८४’ अन्तर्गत अमेरिका दौडाहामा व्यस्त रहेकी हुन्।

‘मेरो विदा मेरो देशको लागि’ भन्ने मूल नाराका साथ रास्वपाकी केन्द्रीय सदस्य समेत रहेकी कार्कीले प्रारम्भ गरेको अमेरिकाको दौडाहालाई प्रवासी नेपाली समुदायबीच भएका भेटघाट तथा अन्तरक्रियाहरुलाई राजनितिक लक्ष्य प्राप्ति गर्ने अभियानकै रुप दिएकी छिन्। देश वा विदेशमा कुनै पनि भातृ संगठन गठन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को घोषित रुपमा हाल कुनै निति नभएकाले अघोषित रुपमा रास्वपा निकट रही पार्टीको लक्ष्य प्राप्तिमा सहयोगी भूमिका निर्वाह गर्ने ‘प्रवास नेपाली सम्पर्क विभाग, अमेरिका’ घोषणा गरेर उनले आफ्नो अमेरिका दौडाहा अभियानलाई अगाडि बढाइरहेकी छिन्। पार्टीको तेश्रो स्थापना दिवसको पूर्व सन्ध्यामा अमेरिका भित्रिएकी डा.कार्कीले उक्त अभियान अझैं जारी नै राखिरहेकी छिन्।

दुई सातको कार्यतालिका बनाएर बढि प्रवासी नेपालीहरु रहेका अमेरिकाको विभिन्न सहरहरु पुगी उनिहरुलाई भेट्ने, आफ्नो र आफ्नो पार्टीको कुराहरु सुनाउने, प्रवासीहरुको कुरा सुन्ने र पार्टीको प्रचारप्रसार तथा संगठन विस्तार गर्ने कामहरु आक्रामक रुपमा गरिरहेकी छिन्। आफ्नो अमेरिका दौडाहा अभियान सबैभन्दा बढि प्रवासी नेपालीहरुको बसोबास रहेको अमेरिकाको टेक्सासबाट सुरु गरेर कोलोराडो, भर्जिनिया, बाल्टिमोर, न्युजर्सी हुदै न्यू योर्कसम्म पुर्याइसकेकी छिन्।

यसैक्रममा, रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभाग, अमेरिकाको आयोजनामा जुलाई २,२०२५ बुधबार अमेरिकाको न्यू ह्येमसायर राज्यमा ‘नेपालको विकासमा युवाहरुको नेतृत्व र प्रवासी नेपालीहरुको सहभागिता’ विषयक अन्तरक्रिया हुने भएको छ। त्यसैगरी, नेपाल सरकारको पूर्व स्वास्थ्य तथा जनसंख्या सहायक मन्त्री तथा वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी डाक्टर कार्कीले म्यासाच्युसेट्स राज्यको बोस्टनमा प्रवासी नेपाली समुदायसंग पनि जुलाई ३, २०२५ बिहिबार साँझ अन्तरक्रिया गर्ने कार्यतालिका तय गरेर प्रचारप्रसारलाई तिब्रता दिइरहिएको छ।

नेपालको संविधान २०७२ अनुसार गत २०७९ साल मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको दोश्रो निर्वाचनमा घण्टी चिन्ह लिएर चुनावी मैदानमा होमिएकी डाक्टर कार्की, ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। पेशाले भने उनी चिकित्सक हुन्।

शेयर गर्नुहोस:

5.1k
Shares