मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

बुद्ध जयन्तीको अवसरमा बोस्टनमा ‘जीवनदेखि जीवनसम्म’नाटक प्रदर्शन गरिने

बुद्ध जयन्तीको अवसरमा बोस्टनमा ‘जीवनदेखि जीवनसम्म’नाटक प्रदर्शन गरिने

अभिनय प्रशिक्षणमा भाग लिदै प्रशिक्षार्थीहरु।

अमेरिका, बोस्टन। अमेरिकाको बोस्टनमा २५६९औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जीवन, ज्ञान र दर्शनलाई केन्द्रमा राखेर तयार गरिएको नाटक ‘जीवनदेखि जीवनसम्म’ प्रदर्शन गरिने भएको छ। उक्त नाटक आउदो मे ११ तारिख साँझ ७:३० बजे 594 Washington Street, Braintree स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा प्रदर्शन गर्ने तयारी गरिएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन) र ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)को प्रस्तुतिमा उक्त नाटक प्रदर्शन गर्न लागिएको हो।

नाटक प्रदर्शनका लागि आवश्यक तयारी गरिदै ।

जीवन दर्शनको महत्वपूर्ण सन्देश प्रवाह गर्ने मुख्य उद्देश्यले प्रदर्शन गर्न लागिएको नाटक ‘जीवनदेखि जीवनसम्म’, बहुमुखी प्रतिभाका धनी डाक्टर अभि सुबेदीले लेखेका हुन्। जो समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कविका रुपमा चिरपरिचित छन्। उक्त नाटकलाई दुई दशक अघि नाट्य क्षेत्रमा होमिएर लामो कार्य अनुभवहरु बुटुलिसकेका नाट्यकर्मी राजन खतिवडाले निर्देशन गरेका छन्। नेपाली रङ्गकर्मी र रङ्गप्रेमीहरुको बिचमा चिरपरिचित खतिवडाले गुरुकुल स्कूल अफ थिएटरबाट अभिनयमा स्नातक गरेका छन् । उनी मण्डला थिएटरको संस्थापकहरु मध्यका एक हुन्। यस नाटकलाई प्रभावकारी बनाउन नाट्य क्षेत्रमा लामो अनुभव बटुलीसकेका मणिराम पोखरेलले संयोजनकको महत्वूर्ण भूमिका निर्वाह गर्दैछन्।

उक्त नाटकमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीको आयोजनामा गत मार्च २३ तारिखबाट सुरु गरिएको ६ दिने(हरेक आइतबार) अभिनय प्रशिक्षण कार्यशालामा नि:शुल्क प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले अभिनय गर्दैछन्। नेपाली कला, ज्ञान, सीप, संस्कृतिको जगेर्ना गर्ने, त्यसको प्रचारप्रसार गर्ने, प्रवासमा रहेका नेपालीहरुसंग नेपाली रङ्ग क्षेत्रको सामीप्यता बढाउने र नयाँ पुस्तालाई आकर्षित गर्ने उक्त कार्यशालाको मुख्य उद्देश्य रहेको थियो।

यसैबिच २५६९औं बुद्ध जयन्ती मनाउने क्रममा प्याब्फोनले न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका विभिन्न संघ संस्थाहरुसंग मिलेर विविध क्रियाकलापहरु गर्ने भएको छ। प्याब्फोनका अध्यक्ष बिरोचन नेपालले दिएको जानकारी अनुसार मे १० तारिख शनिबार बोस्टन तमु समाजको नेतृत्वमा विहान ९ बजेदेखि १ बजेसम्म बौद्ध गुरु तथा भन्तेहरुबाट भगवान बुद्धको विशेष पूजा गरिने भएको छ।

त्यसैगरी, मे ११ तारिख आइतबार दिउसो ३ बजेदेखि ७:३० बजेसम्म न्यू इङ्गल्याण्ड क्षेत्रका क्रियाशील नेपाली समुदायका विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा पूजा, पाठ, प्रवचन, भजन कीर्तन र आरती गरिने छ। तत्पश्चात् नाटक प्रदर्शन गरिने कार्यतालिका रहेको छ। मे १२ तारिख सोमबार बुद्ध जयन्तीको दिन बौद्ध गुरु तथा भन्तेहरुको अगुवाइमा शरणागमन, शील प्रदान, सामूहिक रत्न मण्डल अर्पण, पञ्चोपचार पूजा, जप, ध्यान, बुद्ध ज्ञान तथा प्रवचन, पूजा, पूण्यानुमोदन, दान, गुरुमण्डल पूजा, माटो शोधन, सामूहिक चैत्य पूजा जस्ता धार्मिक क्रियाकलापहरु गरिने भएको छ।

तीन दिने बुद्ध जयन्ती विशेष क्रियाकलापहरुमा सहभागिता जनाउन र नाटक हेर्नका लागि मन्दिरमा आउन आयोजकले न्यू इङ्गल्याण्डबासी सबै नेपाली समुदायलाई चुले निम्तो दिइसकेको छ।

शेयर गर्नुहोस:

5.9k
Shares