मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ : दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ : दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव

केशव भट्टराई

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । रत्ननगर नगरपालिकाको चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रत्ननगर नगरकार्यपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरबाट भएका कामको समीक्षा गर्दै नागरिकबाट सुशासन, सेवा प्रवाह र विकास निर्माणबारे सुझाव संकलन गरिएको थियो ।

नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले नगरपालिकाले गरेका कामको प्रशंसा गर्दै थप विकास निर्माणको कामको लागि योजना बनाएर काम गर्न सुझाव दिएका छन् । कार्यक्रममा सहभागीहरुले योजनाहरुको सन्तुलन मिलाउन बजेटअनुसार दीर्घकालीन योजना छनोट गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा उच्च मावि तहसम्म निःशुल्क शिक्षाको कार्यान्वयन, सुकुमबासी तथा भूमिहीनको समस्या समाधान, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, पर्यटकीय बसपार्कमा सार्वजनिक शौचालय, शैक्षिक गुणस्तर सुधार र पर्यटकीय क्षेत्रको लागि प्रचारप्रसारलगायतका विषयमा नगरपालिकालाई प्रश्न गरेका थिए ।

कार्यक्रममा शम्भुभक्त थपलिया, चोकबहादुर गुरूङ, रश्मी काप्री, विष्णुप्रसाद शर्मा, सीता परियार, कल्पना परियार, माया परियार, दीपक थापा, लोकनाथ पौडेल, राजेन्द्रकुमार श्रेष्ठ, सीताराम महतो, विकाश ढकाल, कपिलमान श्रेष्ठ, माधवप्रसाद पौडेल, चन्द्रमणि आचार्य, गोविन्दराज नेपाल र क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष प्रकाश पाण्डेले नगरमा भएको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र विकास निर्माणका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटाले सीमित स्रोत र साधनले भ्याएसम्म नगरपालिकाले निष्पक्षरुपमा नगरवासीको हितमा काम गर्दै आएको बताए । शिक्षामा छात्रवृत्ति, प्राविधिक शिक्षा, स्वास्थ्यमा निःशुल्क स्वास्थ्य बिमा र उपचारकोष, कृषि र पशुपालनमा अनुदानलगायतका काम गरिएको बताए ।

उनले पर्यटन विकासको लागि सौराहामा नमुना सडक निर्माण भइरहेको र आयुर्वेद अस्पतालको भवन बनाउने सन्दर्भमा पनि अभिभावकीय भूमिका निर्वाहगरी विवाद समाधान गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालू आर्थिक वर्षमा गरेको काम र उपलब्धिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले चालू आर्थिक वर्षको हालसम्म ४७.३७ प्रतिशत पुँजीगत खर्च भएको जानकारी दिए । उनले नयाँ जनप्रतिनिधि आउनुअघिसम्म १४ करोड ४१ लख रुपैयाँ बेरुजु रहेकोमा ५ करोड ८६ लाख रुपैयाँभन्दा बढी फछ्र्योट भइसकेको बताए ।

उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका तर्फबाट नेपाली कांंग्रेसका नगरसहसचिव रामचन्द्र पौडेल, नेकपा एमालेका नगरअध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्याम बराल, राप्रपाका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी र एकीकृत समाजवादीका नगरअध्यक्ष हरिकुमार श्रेष्ठले नगरले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि जनमुखी काम गर्न आग्रह गरेका थिए ।

सहभागीहरुको जिज्ञासाबारे नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, नगरउपप्रमुख यादव पाठक र नगरप्रमुख प्रलाद सापकोटाले जवाफ दिएका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु तथा कर्मचारी एवम् नगरवासीको सहभागिता रहेको थियो । एसआर मिडियाले संयोजन गरेको कार्यक्रमको सञ्चालन पत्रकार केदार शर्माले गरेका थिए ।