मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बानाको बागडोर गुरुङको हातमा

बानाको बागडोर गुरुङको हातमा

गुरुङको प्यानल नै विजयी


अमेरिका, बोस्टन । मेरिकाको मेरिल्याण्ड राज्यको, बाल्टिमोर स्थित प्रवासी नेपालीहरुको संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका(बाना)को बागडोर जितेन्द्र गुरुङले सम्हालेका छन्। गत अप्रिल ६ तारिख आईतवारका दिन सम्पन्न निर्वाचनमा अध्यक्षमा निर्वाचित भएसंगै गुरुङले आगामी कार्यकालका लागि बानाको बागडोर सम्हालेका हुन्। निर्वाचनको चुनावी मैदानमा तीन प्यानल उत्रिएकोमा गुरुङको प्यानल नै विजयी हुन सफल भएको छ। त्रिकोणात्मक कडा प्रतिस्पर्धाका बिच सम्पन्न निर्वाचनमा ११ सय ६१ मत प्राप्त गरी विजयी हुन सफल गुरुङले अध्यक्ष पदका प्रत्याशी द्वय कोशिश भण्डारी(९५५) र लक्ष्मी भारती(५६१)लाई पछि पारेका थिए।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा नौ सय ८५ मत पाउन सफल जनकबहादुर थापा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी द्वय डाक्टर एकता कोइराला(८५७) र सागर घिमिरे(७४३)लाई पछि पारेर वरिष्ठ उपाध्यक्ष बन्न सफल भएका हुन्। उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका तीन आकाङ्क्षी मध्य ब्रजेश महर्जनले बाजी मारेका छन्। उनले ११ सय २५ मत ल्याउन सफल भएका थिए भने, उनका प्रतिस्पर्धी द्वय गणेश भट्टराई ८ सय ६६ र प्रेमबहादुर कमाली ५ सय ७५ मतमै सिमित हुन पुगे।

बानाको नव निर्वाचित कार्यसमिति

बानाको महासचिव पदमा १ हजार १ मत प्राप्त गरी सलिन बस्नेत विजयी भएका छन्। महासचिव पदमा उमेदवारी दिएकी तारा खरेल न्यौपानेले ८ सय ४८ र दमन बिक्रम शाह ६ सय ९८ मत प्राप्त गरेका थिए। सचिव पदमा ८ सय ७५ मत प्राप्त गर्ने जनकबहादुर पनु मगर र ७ सय २६ मत प्राप्त गर्ने बसन्त बस्नेतलाई पछि पार्दै ९ सय ३९ मत प्राप्त गर्ने सुशील खत्री चयन भएका छन्। कोषाध्यक्ष पदमा सन्जु डंगोल ९ सय ९७ मत प्राप्त गरी विजयी भएकी छिन्। कोषाध्यक्ष पदमै उमेदवारी दिएकी करुणा खड्काले ८ सय २४ मत र राजेन्द्र रेग्मीले ७ सय २२ मत प्राप्त गरेका थिए।

यसैगरी, निर्वाचन परिणाम अनुसार कार्यसमिति सदस्यमा हृदय केसी(१,३७७), प्रविन लामा(१,३४६), राजु सुबेदी(१,३३५), भुपेश जङ्ग शाही (१,३१०), सोनीका चुनारा (१,२६४) अर्जुन क्षेत्री (१,२२०), लक्ष्मीराम(ललित) शाह(१,१८३) र डाक्टर कृष्ण विष्ट (१,१७३) चयन हुन सफल भएका छन्।