मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्ससमा नयाँ नेतृत्व

श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्ससमा नयाँ नेतृत्व

ढकालको नेतृत्वमा सञ्चालक समिति र हुमागाईको नेतृत्वमा बोर्ड अफ ट्रष्टी चयन


ड्यालस (टेक्सस) अमेरिका । अमेरिकाको टेक्सस राज्यको हर्स्ट स्थित श्रीकृष्ण प्रणामी हिन्दू समाजको १६ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

हिन्दू समाजका अध्यक्ष नुरनाथ सुवेदीको अध्यक्षता तथा मन्दिरका महन्त सन्त पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले समाजले प्रवासी नेपाली समुदायको उत्थान र हिन्दू धर्म, संस्कृति, परम्परा, रितिरिवाज, नेपालीपन तथा पहिचान आदिको संरक्षण तथा संवर्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको खुलेर प्रशंसा गरेका थिए। संस्थाले मन्दिर स्थापना गर्न लिएको महत्वाकाँक्षा, लक्ष्य चुनौतीपूर्ण भएकाले त्यसलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा उनको विशेष जोड थियो। सम्बोधनका क्रममा प्रमुख अतिथि पौडेलले, प्रवासी नेपाली समाजको उत्थानका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिदै समाजको साधारणसभा तथा अधिवशनको सफलताको कामना समेत गरेका थिए।

समाजका उपाध्यक्ष दिपक ढकालले साधारणसभा तथा अधिवेशनमा सहभागिता जनाउने प्रमुख अतिथि, अतिथिहरू, सदस्यहरु लगायतलाई स्वागत गरेका थिए। बोर्ड अफ ट्रष्टीका सचिव जनक भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वाणीसाधक चन्द्र प्रसाई, बोर्ड अफ ट्रष्टीका अध्यक्ष मिलन पौडेल, महिला समितिकी अध्यक्ष शारदा पुडासैनी लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनीहरुले सम्बोधनका क्रममा समाजले निर्वाह गर्दै आएको भूमिका र पुर्याउदै आएको योगदानहरुको चर्चा गर्दै साधारणसभा तथा अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए।

साधारणसभामा सहसचिव सुवास दंगालले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुजन खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभाले प्रस्तुत प्रतिवेदनहरु उपर आवश्यक छलफल गरी पारित गरेको छ।

समाजको सम्पन्न चौथो अधिवेशनले विधान अनुसार आगामी तीन वर्षीय कार्यकाल(२०२५-२०२७)का लागि मन्दिर सञ्चालक समितिको अध्यक्षमा दिपक ढकाललाई सर्वसम्मत चयन गरेको छ। मन्दिरका अनुसार अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय मन्दिर सञ्चालक समिति सर्वसम्मत गठन गर्न सफल भएको छ। गठित नयाँ समितिको उपाध्यक्षमा उषा हुमागाई, उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा लालप्रसाद दंगाल (एलपिडी), सहसचिवमा सुवास दङ्गाल, कोषाध्यक्षमा प्रधुम्न सापकोटा
र सह-कोषाध्यक्षमा विशाल खत्री चयन भएका छन्। समितिको सदस्यहरुमा भने नवराज ढकाल, कन्हैया तिमल्सिना, रुपेश खतिवडा, डा. सुनिल खनाल, असीम तिमल्सिना र स्नेह आचार्य चयन भएका छन्।

यसैगरी, अधिवेशनले समाजको बोड अफ ट्रस्टीको अध्यक्षमा राजु हुमागाईलाई सर्वसम्मत चयन गरेको छ। बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा सुजन खतिवडा, सचिवमा रोजी पाण्डे र कोषाध्यक्षमा गोकुल हुमागाई सर्वसम्मत चयन भएका छन्।
विधानले व्यवस्था गरे अनुसार, सञ्चालक समिति र बोर्ड अफ ट्रष्टीमा रिक्त रहेका सदस्य पदहरु भने पछि मनोनीत गरेर पूरा गरिने संस्थाले जनाएको छ।

मन्दिर सञ्चालक समितिका नव निर्वाचित अध्यक्ष ढकालले समाजका सदस्यहरुले विश्वास र भरोसा गरेर आफूलाई मन्दिर सञ्चालक समितिको अध्यक्ष पदमा चुनेर जिम्मेवारी सुम्पेकोमा निकै खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन्। उनले आफूले पद नभइ ठूलो र निकै महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको प्रतिक्रिया दिदै आफ्नो तीन वर्षीय कार्यकालमा नयाँ प्रणामी मन्दिर स्थापना गर्ने अभियानलाई सार्थक बनाउन लागिपर्ने बताए। उनले संस्था, संस्थाका सदस्यहरु र समग्र प्रवासी नेपाली समाजको भलोका लागि आफू र आफ्नो सिङ्गो समिति सक्दो सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा मन्दिरलाई सहयोग र योगदान पुर्याउने सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो। सम्मान प्राप्त गर्नेहरुमा पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, चन्द्र प्रसाई, राजु हुमागाई, सामाजीक व्यक्तित्वहरु भुवन आचार्य, विष्णु सापकोटा, दिनेश न्यौपाने लगायत रहेका थिए।

सन् २००९ मा स्थापना गरिएको समाजले स्थापना कालदेखि नै आफ्नो कार्यक्षेत्र भित्र विविध धार्मिक तथा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ। एकसय बढी प्रणामी परिवार आबद्ध संस्थाले बृहत प्रणामी मन्दिर स्थापनाको अभियानलाई तिब्रता दिइरहेको जनाएको छ। समाजले टेक्ससको युलेस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले स्थापना गरेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार नजिकै नयाँ भवन सहित प्रणामी मन्दिर निर्माण गर्ने योजना समेत बनाएको छ ।