मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सौराहामा चितवनकै पहिलो पाँचतारे रिर्सोट सञ्चालनमा आउने

सौराहामा चितवनकै पहिलो पाँचतारे रिर्सोट सञ्चालनमा आउने

केशव भट्टराई

शेयर गर्नुहोस:

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराहा, चितवन । देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका छन् ।

यसैक्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पाँचतारे होटल रोयल टुपिल निर्माण सम्पन्न भई आगामी अङ्ग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको हो । करिब तीन वर्ष वर्ष लगाएर रत्ननगर नगरपालिका वडा–५ जनकौली सामुदायिक वन कार्यालयअगाडि केटिएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । होटलमा झण्डै एक अर्ब ५० करोड बढी लगानी भएको बताइएको छ ।

विश्व बजारमा सफलता हासिल गरिरहेको बहुर्राष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्सअन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवद्र्धन गर्न सहयोग गर्ने उनले बताए ।

‘चितवनको पर्यटनको देशमै अलग भूमिका छ केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले भने, ‘यहाँ निकुञ्जका होटल बन्द भएपछि पर्यटक लक्षित स्टार होटल सञ्चालनमा आएको थिए, यसकारण पर्यटकहरुको माग र चितवनको विकासमा टेवा पु¥याउने उद्देश्यले पाँचतारे होटल निर्माण सम्पन्न गरी सुरू गर्न लागेको हो ।’

होटलको लगानीकर्ता शाह गैरआवासीय नेपालीहरुका एक अगुवा पनि हुन् । चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको साहले भनाइ छ । उनले भने, ‘हामीले निर्माण गरिरहेको पाँचतारेस्तरको रिसोर्ट हो । चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा रोयल टुलिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो ।’

रिसोर्ट निर्माणमा सुरूमा ७० करोड लागत अनुमान गरिएकोमा बढेर अहिले एक अर्ब ५० करोड रुपैयाँ बढी पुगेको बताउँदै शाहले भने, ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरुको व्यवस्था गरेका छौं । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ ।’

हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा जिल्लाकै ठूला सभा हल, पाँच सय क्षमताको व्यङ्क्युट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्वीमिङ पुल, आगन्तुक पाहुनाहरुले डुंगा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र रेस्टुरेन्टजस्ता सेवाहरु पाउने छन् ।

प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेस्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ । होटलभित्रका सबै संरचनाहरुमा प्रकृतिमैत्री छ । होटलमा तीन सय जना बढीलाई रोजगारी दिने ग्रुपको तयारी छ ।

अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भइरहँदा भएकोले कोरोना कहरले अकल्पनीय रुपमा थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन हुन लागेको बताए ।

ग्रुपकै दोस्रो ठूलो तथा विश्व बजारमा ११ वटा विभिन्न ब्रान्डसहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्रान्ड ‘रोयल टुलिप’ ले कोभिड महाव्याधिका बीच शिलान्यास भई निर्माण सुरू भएको थियो । करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुइट्लगायत ५ प्रकारका विविध सुविधासहितका कोठाहरु रहने रिसोर्ट नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण भएको उनले बताए ।

रिसोर्टमा १३ वटा एकतल्ले, पाँचवटा दुईतल्ले, तीनवटा तीनतल्ले र एउटा चारतल्ले गरी २२ वटा भिल्ला छन् । यी भिल्लामा स्विटलगायत विविध सुविधासहितका ६४ कोठा छन् । रोयल टुलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एन्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खोलिएको सञ्चालक शाहले बताएका छन् ।

सञ्चालक शाहका अनुसार रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरू सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ । जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरूलाई रोजगारी सिर्जना हुने उनले बताए ।

सन् २०२० को जनवरीमा स्थापित केटिएम हस्पिटालिटी प्रालिद्वारा निर्माण भएको केटिएम ग्रुपको पहिलो रिसोर्ट हो । रिसोर्टभित्र एक फन्को लगाउँदा एक किलोमिटरको ट्रेल हुन्छ ।