मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बोस्टन   
मुख्य समाचार   

काठमाडौँ विश्वविद्यालयले संस्कृत भाषा अध्यापन कक्षा सञ्चालन गर्ने

काठमाडौँ विश्वविद्यालयले संस्कृत भाषा अध्यापन कक्षा सञ्चालन गर्ने


काठमाडौँ । नेपालको सामुदायिक विश्वविद्यालय ‘काठमाण्डौं विश्वविद्यालय’ ले संस्कृत भाषा अध्यापन कक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालय स्कूल अफ एजुकेशनअन्तर्गत राईटिङ एण्ड कम्यूनिकेशन सेन्टरले संस्कृत भाषा अध्यापन कक्षा सञ्चालन गर्न लागेको हो ।

संस्कृत भाषाको प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर ३ क्रेडिट आवरको छोटो पाठ्यक्रम तयार गरी आधारभूत कक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ। । विश्वविद्यालयमा आबद्ध रिसर्च एसिस्टेन्ट नूर जङ्ग शाहले जानकारी दिएअनुसार उक्त आधारभूत कक्षा यही आउदो सन् २०२४ को डिसेम्बर ६ तारिखदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। कूल ४८ घण्टाको उक्त आधारभूत कक्षामा सहभागी हुनका लागि भर्ना खुलिसकेको र अनलाइनमार्फत फारम भर्न सकिने व्यवस्था गरिएको रिसर्च एसिस्टेन्ट शाहले बताए।

Advertisement

उनका अनुसार भर्ना हुने म्याद यही सन् २०२४ नोभेम्बर ३० तारिखसम्म मात्र रहेको छ। हाललाई कूल २५ जना रहने उक्त आधारभूत कक्षाको अध्यापन सम्पन्न भए लगतै एड्भान्स कोर्सको कक्षा पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिँदै उनले संस्कृत भाषा अध्ययन गर्न इच्छुकहरुलाई अनलाइनमार्फत फारम भरी आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरेका छन्। सेन्टरले आगामी दिनमा नेपाली भाषासंगै अन्य प्रचलित राष्ट्रिय भाषाहरुका कोर्षहरु पनि अध्यापन गर्ने योजना बनाएको रिसर्च एसिस्टेन्ट शाहले जानकारी दिए।

अनलाइनमार्फत अध्यापन कक्षाहरु सञ्चालन हुने भएकाले नेपालभित्र वा नेपाल बाहिर रहेर पनि कक्षाहरुमा सहजै सहभागिता जनाउन सकिने शाहले बताए। आधारभूत कक्षाहरुमा सहभागी भइसकेपछि संस्कृत शब्द र व्याकरणको आधारभूत ज्ञान हुनुको साथै संस्कृत भाषामा सम्वाद गर्ने सीपको अभिवृद्धि हुने उनको विश्वास रहेको छ।

”नेतृत्वको लागि गुणस्तरीय शिक्षा” भन्ने मूल नाराका साथ सन् १९९१ मा स्थापित यस विश्वविद्यालयले हाल मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ आदि विषयहरुमा अध्यापन गरिरहेको छ। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा मुख्यालय रहेको यस विश्वविद्यालयले धुलिखेल, भक्तपुर र ललितपुरमा विद्यालयहरु सञ्चालन गरिरहेको छ।

संस्कृत कक्षामा सहभागी हुनका लागि तल दिएको लिंक मार्फत नाम दर्ता गर्न सकिनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSerEycJKcyE3IkhBfN7VbhwMjebZ5VLLJWATT51glFWyAj3RA/viewform

शेयर गर्नुहोस:

675
Shares