मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

नेपालका प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आउदै

नेपालका प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आउदै


नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आउने भएका छन्। अमेरिकाको न्यू योर्क सहरमा हुने उक्त महासभामा भाग लिन, प्रधानमन्त्री ओली सरकारी भ्रमण टोलीसहित अमेरिका आउन लागेका हुन्। श्रोतले जनाए अनुसार प्रधानमन्त्रीसहितको टोली असोज ५ गते तदनुसार सेप्टेम्बर २१ तारिख अमेरिका आउने कार्यतालिका रहेको छ।

गत असार ३० मा आफ्नै पार्टी नेकपा(एमाले)को समर्थन रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाली काँग्रेसको समर्थमा प्रधानमन्त्री नियुक्त भएका ओलीको यस कार्यकालको यो पहिलो विदेश भ्रमण हो।
भ्रमण टोलीमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्सालगायत रहेका छन्।

महासभाले सार्वजनिक गरेको कार्यतालिका अनुसार संयुक्त राष्ट्रसंघको ७९औं महासभाको प्रारम्भिक बैठक भाद्र २५ गते तदनुसार सेप्टेम्बर १० तारिख मंगलबारदेखि नै सुरु भइसकेको छ। महासभाको औपचारिक थालनी असोज १ गते अर्थात सेप्टेम्बर १७ तारिख मंगलबारबाट हुनेछ। उच्चस्तरीय छलफल भने आगामी असोज ८ गते तदनुसार सेप्टेम्बर २४ तारिख मंगलबारदेखि असोज १२ गते तदनुसार सेप्टेम्बर २८ तारिख शनिबारसम्म हुनेछ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ६ गतेदेखि ७ गतेसम्म (सेप्टेम्बर २२–२३ तारिखसम्म) हुने ‘समिट अफ द फ्युचर’ र असोज १० गते अर्थात सेप्टेम्बर २८ तारिख बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समापन भने असोज १४ गते तदनुसार सेप्टेम्बर ३० तारिख सोमबार हुने भएको छ। र, प्रधामन्त्री ओली असोज १५ गते तदनुसार अक्टोबर १ तारिख नेपाल फर्किने कार्यतालिका रहेको छ।