ड्यालस (अमेरिका) । गत अक्टोबरमा भएको मिस युनिभर्स नेपालको उपाधी जित्न सफल जेन दिपिका ग्यारेटले आफुले उपाधी जित्दाको समयमा पहिरिएको स्विमसुटलाई बिक्रीमा राखेकी छिन् ।
उनले सामाजीक सञ्जालमा स्टाटस लेख्दै आफ्नो सामाजीक प्रोजेक्ट पिसिओएसको लागि फण्ड जुटाउनका लागि स्विमसुट लिलाम बढाबढमा राखेको उल्लेख गरेकी छिन् । मिस युनिभर्स नेपाल प्रतियोगितामा उनको प्लस साइजले निकै चर्चा पाएको थियो । मिस युनिभर्समा प्रतियोगितामा सहभागी हुनका लागि स्लिम हुनुपर्ने परम्परागत मान्यतालाई समेत उनले तोड्न सफल भएकी थिइन् । जसले गर्दा उनी निकै चर्चामा आएकी थिइन् ।
उनी मिस युनिभर्सको टप २० भित्र पर्न सफल भएकी थिइन् ।
सन् २००० अक्टोबरमा जन्मिएकी दिपिकाको आमा नेपाली र पिता अमेरिकन हुन् । उनी पछिल्लो समयमा नेपालमा व्यबसाय र सामाजीक क्षेत्रमा निकै कृयाशील छिन् । पेशाले दिपिका नर्स हुन् ।
दिपिकाले मिस युनिभर्समा सहभागी हुँदा पहिरिएको स्विमसुटका अतिरिक्त अरु समयमा लगाएका बिकिनी पनि लिलाम बढाबढका लागि अनलाइनमा राखेकी छिन् । नेपालका गरिब र टुहुरा बालबालिकाहरुको सहयोगार्थ फण्ड जुटाउनका लागि बिकिनी बढाबढमा राखिएको उनले उल्लेख गरेकी छिन् ।
थप जानकारीका लागि हिमालयखबरले दिपिकासँग सम्पर्क गर्न प्रयास गरेको थियो । तर उनीसँग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया