मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

रत्ननगर नगरपालिकाको बजेट : एक अर्ब ४३ करोड ५३ लाख विनियोजन

रत्ननगर नगरपालिकाको बजेट : एक अर्ब ४३ करोड ५३ लाख विनियोजन

पर्यटन, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक यादवप्रसाद पाठकले पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरेका हुन् । रत्ननगर नगरपालिकाले चालु आवभन्दा दुई करोड ९६ लाख कम बजेट ल्याएको छ । चालु आवका लागि नगरले एक अर्ब ४६ करोड ४९ लाख २६ हजार संशोधित बजेट विनियोजन गरेको थियो ।

कुल विनियोजित रकममध्ये चालूतर्फ ९४ करोड ६७ लाख ३४ हजार रहेकोमा ५९ करोड ३० लाख ८० हजार खर्च भएको छ । जसमा सामाजिक सुरक्षा र शिक्षक कर्मचारीको तलब समावेश गरिएको छैन । यस्तै, पुँजीगत खर्चतर्फ ६६ करोड २१ लख ६५ हजार विनियोजन भएकोमा ४० करोड ४५ लाख ८७ हजार अर्थात् ८० प्रतिशत खर्च भएको छ ।

रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ६० करोड ८९ लाख प्रस्तावित बजेट अनुमान गरेकोमा १४ करोड ३९ लाख ७४ हजार अर्थात् २६.४४ प्रतिशत बजेट कटौती भई राजस्व बाँडफाँटको रकम सिलिङबमोजिम प्राप्त नहुँदा संशोधित बजेट एक अर्ब ४६ करोड ४९ लाख २६ हजारमात्र विनियोजन भएको थियो । नगरपालिकाले आन्तरिक आयतर्फ पनि लक्ष्यअनुरुप रकम उठाउन नसक्दा विकास निर्माणलगायत वडा बजेटको सिलिङमा समेत प्रभावित भएको उपप्रमुख यादवले बताए ।

२०८१/८२ का लागि आन्तरिक राजस्वबाट कुल आम्दानी १३ करोड २० लाख रुपैयाँ, आन्तरिक संचित कोष दुई करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १२ करोड ७८ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान १८ करोड ६६ लाख रुपैयाँ र सशर्त चालू तथा पुँजीगत अनुदान ३७ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदान दुई करोड २० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ तीन करोड २० लाख रुपैयाँ गरी संघीय सरकारबाट कुल ६१ करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँटबापत ११ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबापत एक करोड ९५ लाख १९ हजार रुपैयाँ, सशर्त चालू तथा पुँजीगत अनुदानतर्फ ६ करोड ५६ लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड र विशेषतर्फ ६५ लाख गरी १२ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, सडक बोर्डतर्फ एक करोड र अन्य अनुदान तथा सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी हुने अनुमान गरिएको उपप्रमुख यादवले जानकारी दिए ।

वडागतरुपमा १५ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसअनुसार वडा नं–१ मा ९७ लाख, वडा नं–२ मा ९९ लाख, वडा नं–३ मा ९६ लाख, वडा नं–४ मा ९६ लाख, वडा नं–५ मा ९६ लाख, वडा नं–६ मा एक करोड १ लाख, वडा नं–७ मा ९६ लाख, वडा नं–८ मा ९६ लाख, वडा नं–९ मा ९९ लाख, वडा नं–१० मा एक करोड, वडा नं–११ मा ९६ लाख, वडा नं–१२ मा ९८ लाख, वडा नं–१३ मा एक करोड, वडा नं–१४ मा ९८ लाख, वडा नं–१५ मा ९८ लाख र वडा नं–१८ मा ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैबीच, रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि सेवा तथा कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकारका लागि विनियोजन विधेयक–२०८१ पेस भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।