मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   
मुख्य समाचार   

प्रवासी नेपाली मञ्च अमेरिकाको साधारण सभा सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको साधारण सभा सम्पन्न


लसएन्जलस (अमेरिका) । सात बुँदे घोषणा जारी गर्दै प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभा सम्पन्न भएको छ। ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ मे २५ र २६ तारिख अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अमेरिकाको विभिन्न १५ राज्यहरुबाट सहभागिता रहेको जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री एवम् नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि ज्ञवालीले उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपालको विकासको पहिलो शत्रु अर्थराजनीति रहेको बताए ।

मन्त्री ज्ञवालीले नेपाल अहिले निकै गहिरो मन्दीको चक्रमा परेको उल्लेख गर्दै देशको अर्थतन्त्रलाई समयमै लयमा फर्काउनु पर्नेमा जोड दिएका थिए। सम्बोधनका क्रममा उनले देशको हवाइ अड्डाहरुमा देखिएका समस्याहरु, ठूलाठूला सुनकाण्ड, अदालतमा देखिएका समस्याहरुलगायत विविध विषयहरूमा चिन्ता व्यक्त गरे। प्रमुख अतिथि ज्ञवालीले नेपाल सरकार गैर आवासीय नागरिकता नियमावली सम्शोधनको बाटोमा लागेकोले गैर आवासीय नेपालीहरुले आफनो सम्पत्ति सुरक्षित ब्यवस्थापन र लगानी गर्न पाउने वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरे। नागरिकताको निरन्तरताका सम्बन्धमा भने सम्विधान संशोधनको बिषय तत्कालका लागि जटिल रहेको उल्लेख गरे ।

कार्यक्रममा विशेष अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली नागरिकताले प्रवासीहरुको सबै आवश्यकता सम्बोधन हुन नसकेकाले, नागरिकता विषयमा वंशजका आधारमा नागरिकताको निरन्तरतामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकाल, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, महादेश संयोजक ईश्वरी भट्ट, एनआरएनए अमेरिका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएनए सचिव दिपक सापकोटा, ज्ञानेन्द्र गुरुङ, जनसंपर्क समिती अमेरिकाका प्रतिनिधि रामचन्द्र लामिछाने, पशुपतिनाथ फाउन्डेसनकाका अध्यक्ष रामेश्वर भण्डारी, प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार यमुना भट्टराई साथै पेपर प्रस्तुति गर्ने इन्जिनियर कुलमणि आचार्य, राजेन्द्र शिवाकोटी, यमुना भट्टराई, डा। निर्मल पौड्याललगायतले प्रवासमा रहेका नेपालीहरुको समस्याहरु, चुनौतीहरु र समाधानका उपायहरुको बारेमा आफ्नो धारणा राख्दै साधारण सभाको सफलताको कामना गरेका थिए।

प्रवासी मञ्च अमेरिकाका सचिव छवि पाण्डेले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि, अतिथि, सदस्य तथा सहभागीहरुलाई साधारण सभा मूल ब्यवस्थापन समितिको तर्फबाट क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष चिरञ्जीबी गौतमले स्वागत गरेका थिए।

उद्घाटन सत्र समापन भएसँगै बन्द सत्र सञ्चालन गरिएको थियो। बन्द सत्रमा आर्थिक प्रमुखले आर्थिक प्रतिवेदन, सचिवले प्रगति प्रतिवेदन र अध्यक्षले राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बन्द सत्रले प्रतिवेदनहरु उपर आवश्यक छलफल गरी पारित गरेको थियो। वार्षिक साधारण सभाले सात बुँदे लस एन्जलस घोषणा पत्रसमेत जारी गरेको थियो ।