मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
बिश्वमा सफल नेपाली   

कोलोराडोमा नेपाली नयांबर्षको उपलक्ष्यमा नेपाल डे परेड आयोजना हुदै

कोलोराडोमा नेपाली नयांबर्षको उपलक्ष्यमा नेपाल डे परेड आयोजना हुदै


कोलोराडो (अमेरीका)- नेपाली नयांबर्ष २०८१ कोलोराडो निवासी नेपालीभाषीहरुले “नेपाल डे परेड” आयोजना गरी मनाउने भएका छन् ।

कोलोराडोमा नेपाली भाषी समुदाय बिच सकृय संस्था रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” संगै नयां बर्ष मनाउन लागीएको रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।

Advertisement
ADVERTISEMENT

यही अप्रील २१ तरिक आईतबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर Aaron Brockett लगाएतका बिभिन्न अतिथीहरुको उपस्थिती रहने अध्यक्ष बगालेले बताएका छन् । यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचाहन गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आ—आफ्नो संस्कृती झल्कने भेष भुषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी संघ संस्थाहरुलाई संभव भएसम्म ब्यानर सहित उपस्थित भईदिनुहुन समेत अनुरोध गरिएको छ ।

अध्यक्ष बगालेले कार्यक्रममा  संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन समेत अनुरोध गरेका छन् ।

परेड कार्यक्रम हरेक बर्ष भौगोलीक स्थितीले काठमाण्डौं उपत्यका संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ । केहीबर्ष अगाडी देखी अमेरिकाको बिभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ । कोलोराडोको परेड भने यहां स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००३ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयां बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो ।

अमेरीकामा रहेका पचास स्टेट मद्ये कोलोराडो यस्तो किसिमको कार्यक्रकम गर्ने पहिलो स्टेट हो । नेपालीहरुका दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको थियो ।

शेयर गर्नुहोस:

162
Shares