मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यालिफोर्निया   
मुख्य समाचार   

प्रनेम क्यालिफोर्निया राज्य कमिटीको नेतृत्वको बागडोर गौतमलाई

प्रनेम क्यालिफोर्निया राज्य कमिटीको नेतृत्वको बागडोर गौतमलाई


नव निर्वाचित अध्यक्ष : चिरञ्जीवी गौतम

प्रवासी नेपाली मञ्च, अमेरिकाको क्यालिफोर्निया राज्य कमिटीको हालै सम्पन्न अधिवेशनले मञ्चको नेतृत्वको बागडोर चिरञ्जीवी गौतमलाई सुम्पेको छ। गत मार्च २९ तारिख शुक्रवारका दिन सम्पन्न अधिवेशनले गौतमलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गर्दै नेतृत्वको बागडोर सुम्पेको हो। अध्यक्ष गौतमसहित अधिवेशनले नयाँ कार्यसमितिमा पदाधिकारीहरु र सदस्यहरु पनि सर्वसम्मत नै चयन गर्न सफल भएको छ। अधिवेशनले उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु शिवाकोटी र उपसचिवमा प्रकाश खनाललाई चयन गरेको छ।

यसैगरी अधिवेशनमार्फत कमिटीको सदस्यहरुमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी र दीपक अधिकारी सर्वसम्मत चयन भएका छन्। अधिवेशनले ११ सदस्यीय कमिटीमा बाँकी दुइ सदस्यहरु भने राज्य कमिटीले पछि चयन गरेर पूर्णता दिने र सल्लाहकार कमिटीसमेत गठन गर्ने निर्णय गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीले मञ्चको स्थापना, उद्देश्य र महत्वका बारेमा प्रकाश पारेका थिए। सम्बोधनका क्रममा उनले प्रवासी नेपाली मञ्च विविध कारणले आफ्नो मातृभूमि नेपाल छोडी संसारभर छरिएर रहेका नेपालीहरुको साझा थलो भएको पनि जिकिर गरे। प्रमुख अतिथि शिवाकोटीले मञ्चलाई एकआपसमा आत्मीय सहयोग आदानप्रदान गर्ने र आफ्नो मातृभूमि नेपाल र नेपालीको सुख एवम् समृद्धिका लागि आपसमा हातेमालो गर्ने साझा थलोका रुपमा विकास गर्नु पर्नेमा जोड दिए। सम्बोधनका क्रममा उनले नयाँ निर्वाचित हुने कमिटीले मञ्चको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सक्दो सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गर्दै अधिवेशनको पूर्णसफलताको कामना गरे।

कार्यक्रममा विशेष अतिथि तथा प्रनेम राष्ट्रिय कमिटी, अमेरिकाका सचिव छवि पाण्डेले संगठन, कमिटीका गतिविधिहरु, राज्य कमिटी बनाउनु कारण र प्रवासी नेपाली मञ्चले गरेका कामहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए। सम्बोधनका क्रममा उनले आउदो मे २५ र २६ तारिखमा क्यालिफोर्नियामा हुनगइरहेको मञ्चको साधारणसभामा सहभागी भई सफलतापूर्वक सम्पन्न गर्न राज्य कमिटी, सल्लाहकार कमिटी, क्यालिफोर्नियामा रहेका प्रवासी नेपाली मञ्चका सदस्यहरु र शुभेच्छुकहरुलाई अनुरोधसमेत गरेका थिए।

प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता तथा प्रनेम अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यता रहेको अधिवेशनबाट निवार्चित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिति शिवाकोटीले सपथ खुवाएका थिए।