मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

नेजाले गर्यो आफ्नो ‘स्थापना दिवस’ मनाउने निर्णय

नेजाले गर्यो आफ्नो ‘स्थापना दिवस’ मनाउने निर्णय


नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले आफ्नो ‘स्थापना दिवस’ मनाउने निर्णय गरेको छ। गत जनवरी २० तारिख शनिवार पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुसहित जुम(Zoom) मार्फत बसेको कार्यसमितिको १०औं बैठकले यस्तो निर्णय गरेको हो।

नेजा कार्यसमितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बसेको बैठकले सन् २००७ अप्रिल २१ देखि २२सम्म भर्जिनिया राज्यको आर्लिङ्टनमा सम्पन्न भएको संस्थाको पहिलो अधिवेशनलाई आधार मानी, आउदो अप्रिल २१ तारिख आइतवारका दिन विविध क्रियाकलापहरु गरेर ‘नेजा स्थापना दिवस’ मनाउने निर्णय गरेको छ।

नेजाको ऐतिहासिक दस्तावेजका अनुसार उक्त अधिवेशन गिरीश पोखरेलको संयोजकत्वमा सम्पन्न भएको थियो। र, अधिवेशनले संस्थाको विधानलाई पारित गर्दै गिरीश पोखरेलको नेतृत्वमा गठित तत्कालीन नेजा कार्यसमितिलाई औपचारिक रुपमा मान्यता दिएको थियो।

यिनै ऐतिहासिक तथ्यलाई आधारमानी नेजाको इतिहासमा अप्रिल २१ अत्यन्त महत्वपूर्ण दिन रहेको निश्कर्ष निकाल्दै बैठकले यसलाई प्राथमिकताका साथ संस्थाको विधानमा नै समेटेर ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्न तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

यस सम्बन्धमा विधान समितिले पनि ‘नेजा स्थापना दिवस’ लाई विधानमा नै समेट्नु पर्ने ठहर गर्दै अनुमोदनका लागि आउदो वार्षिक साधारणसभामा प्रस्ताव लैजाने गरी आवश्यक तयारीलाई अगाडि बढाइसकेको छ।

यसैगरी, बैठकले नेजा कार्यसमितिमा रिक्त रहेको सदस्य पदमा नेजा सदस्य कल्पना घिमिरेलाई मनोनीत गर्ने निर्णय गरेको छ। घिमिरे यस अघिको कार्यकालमा सचिव पदको भूमिकामा रहेकी थिइन्।

उक्त बैठकले नेजाका महासचिव बाबुराम दाहालको संयोजकत्वमा ७ सदस्यीय प्रकाशन समितिसमेत गठन गरेको छ। उक्त समितिमा क्षेत्रीय संयोजक द्वय सुपेन्द्र बस्नेत तथा हरिमाया काफ्ले(सिर्जना), पूर्व क्षेत्रीय संयोजक रामचन्द्र भट्ट, आजीवन सदस्य लेखनाथ भण्डारी, साधारण सदस्य द्वय योगेश आदी र प्रकाश श्रेष्ठ(मालिका केशरी) सदस्य रहेका छन्।

उक्त बैठकले आगामी बैठक फेब्रुअरी महिनाको अन्तिम साता अमेरिकाको टेक्सास राज्यमा मध्य क्षेत्रका क्षेत्रीय संयोजक शंकर थापाको संयोजनमा गर्ने निर्णयसमेत गरेको छ।