मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बोस्टनमा आयोजित ‘सुसेली साँझ’मा, दोहोरी घन्काउदै चम्कियो-‘इन्द्रेणी’

बोस्टनमा आयोजित ‘सुसेली साँझ’मा, दोहोरी घन्काउदै चम्कियो-‘इन्द्रेणी’


बोस्टन(अमेरिका)-  अमेरिकाको बोस्टन सहरमा आयोजित नेपाली लोक सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ मा दोहोरी गीत घन्काउदै नेपाली लोक तथा दोहरी गीत कार्यक्रम ‘इन्द्रेणी’ चम्किन सफल भएको छ। कार्यक्रम ‘बोस्टन लोक सुसेली समूह’ले स्थापना गरेको ‘इन्द्रेणी कोष’को सहयोगार्थ, गत डिसेम्बर १६ तारिख सनिवार साँझ 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको सामुदायिक भवनमा आयोजना गरिएको थियो। ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक एवम् लोक तथा दोहोरी गायक कृष्ण कंडेलले ‘सुसेली साँझ’ को मञ्चलाई सदुपयोग गर्दै इन्द्रेणी कार्यक्रमको मञ्चमा परिणत गरेर कार्यक्रम सञ्चालन गरेका थिए। उनले तयार गरेको सेटमा लोक तथा दोहोरी गायक बिमल डाँगी, मिन केसी, निशा सुनार, संगीता थापा र शान्ता थापा बिच दोहोरी गीतको घम्साघम्सी परेको थियो।

कलाकारहरुले चर्चित नेपाली लोक दोहोरी भाखा ‘तिम्लाई टाँढा मलाई नि टाढाँ, माछी काँडे डाँडैमा घर सार…’ मा नेपालीपन र पहिचान दर्शाउदै माया प्रेमलाई समेटेर दोहोरी गाएका थिए। नेपाली तन-मन, नेपाली भाषा, नेपाली पहिरन, नेपालीपन, नेपाली पहिचान, नेपालीत्व र नेपाली गीत संगीतको संगम रहेको कार्यक्रम स्थल नेपालमय बनेको थियो। कार्यक्रममा सहभागीहरुले नेपाल, नेपाली र नेपाली गीत संगीतको कदर गर्दै कलाकारहरुलाई नाँच गान गरेर र ताली बजाएर साथ दिएका थिए। सहभागीहरुका हाउभाउ तथा प्रतिक्रियाहरुले कार्यक्रमबाट उनीहरुलाई भरपूर मनोरञ्जन मिलेको पुष्टि गर्दथ्यो। स्थानीय कलाकारहरुले नेपाली लोक वाद्यवादन सामग्रीहरु बजाएर शृजना गरेको कर्णप्रीय धुन/तालमा लोक दोहोरी घन्किदै र रन्किदै जाँदा, सहभागीहरुले इन्द्रेणीका सञ्चालक तथा लोक दोहोरी गायक कृष्ण कंडेललाईसमेत गाउन अनुरोध गरेका थिए। उनले कलाकारहरुको साथ लिएर निकै चर्चित नेपाली लोक दोहरी भाखा ‘आँधी खोला उर्लेर आयो…,आउनी थि न मायाले बोलायो…’मा दोहोरी गाएका थिए। माया एवम् प्रेमरसमा चलेको दोहोरी घम्साघम्सीले सहभागीहरुलाई निकै मनोरञ्जन दिलाउदै कार्यक्रमलाई निकै उचाइमा पुर्याएको थियो।

इन्द्रेणीको कार्यक्रम सञ्चालनका क्रममा इन्द्रेणी कार्यक्रमका सञ्चालक कंडेलले बोस्टन लोक सुसेली समूह परिवार तथा बोस्टनवासी नेपाली समुदायले इन्द्रेणीलाई पुर्याएको अमूल्य योग्दानको स्मरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए। इन्द्रेणी कार्यक्रम सञ्चालनका क्रममा भोगिएका अनेक उतार चडाप, आरोर अवरोह, हन्डर, ठक्कर, दु:ख, कष्ट, चुनौतीहरुको स्मरण गर्दै मनका भावनाहरु व्यक्त गर्ने क्रममा निकै भावुक भएका कंडेलले इन्द्रेणी आजको अवस्थासम्म आइपुग्नुमा देश विदेशमा रहेका दर्शक श्रोता, सहयोगी, शुभचिन्तकहरुको प्रमुख हात रहेको बताएका थिए। सम्बोधनका क्रममा उनले ‘इन्द्रेणी’ केवल कृष्ण कंडेलको सांगीतिक कार्यक्रम गर्ने थालो मात्र नभर संसारका मानवजातीहरुको छहारी, नेपाली भाषीहरुको मिलन र एकताको केन्द्र भएको जिकिर गरेका थिए। कार्यक्रमको अवसर उपयोग गर्दै कंडेलले आफू बन्न र ऐस आराम गर्नका लागि नभएर पूराना पुस्ता कलाकारहरुलाई सम्मान, नयाँ कलाकारहरुलाई अवर र आउदा पुस्ताहरुलाई स्थान दिने काम गर्दा पनि कतिले निकै पिडा बोध हुने गरी, हप्काउने, थर्काउने, कुरा काट्ने गरेकोप्रति दु:खेको पोख्नसमेत भ्याएका थिए। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै कंडेलले परदेशमा भएका कार्यक्रमहरु मध्यकै उत्कृष्ट रहेको बताए। उनले कार्यक्रम सम्पन्न भएसंगै आफू निकै गम्भिर भएको र आयोजक संस्था तथा बोस्टनवासीप्रति ऋणी भएको भन्दै विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रमको पहिलो चरणमा कवि यम पौडेलले कविता बाचन गरेर सांगीतिक माहोलका लागि ढोका खोलिदिएपछि ‘बोस्टन लोक सुसेली समूह’ का तर्फबाट स्थानीय कलाकारहरुले आफ्ना सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए। यस क्रममा कलाकार श्याम नेपालीले सानी सानी ए झिल्के नानी…, प्रविण परियारले आल्लारे नानी केसी…, बिमल डाँगी, मिन केसी, निशा सुनार, संगीता थापा, शान्ता थापालगायतले सोह्र वर्षे उमेरैमा …, राम राम …राम गए बनैमा ……गीत प्रस्तुत गरेका थिए। सोह्र वर्षे उमेरैमा …बोलको गीतमा आफ्नो पहिचान झल्काउने पहिरनमा सजिएका बोस्टन तमु समाजका कलाकरहरुले आकर्षक नित्य प्रस्तुत गरेर सहभीहरुको ध्यान खिचेका थिए।

कार्यक्रमका दौरानमा ‘बोस्टन लोक दोहोरी समूहका अध्यक्ष सुन्दर गुरुङले आगन्तुक पाहुनाहरु, इन्द्रेणी परिवार, कलाकारहरु, सहभागीहरुलगायत सबैलाई स्वागत गर्दै ‘बोस्टन लोक सुसेली समूह’को परिचय पस्किएका थिए। संस्था र कार्यक्रमको उद्देश्य बारेमा प्रष्ट्याउदै उनले इन्द्रेणीको सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।
कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै आयोजक संस्थाका संस्थापक एवम् लोक तथा दोहरी गीत गायक मिन केसीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न साथ सहयोग गर्ने इन्द्रेणी परिवार, कलाकारहरु, विभिन्न संघ संस्थाहरु, सहयोगीहरु, कार्यक्रममा सहभागी भएर वा नभएर पनि सहयोग गर्ने न्यू इंग्ल्याण्डवासी प्रवासी नेपालीहरु, शुभचिन्तकहरुलगायतलाई कार्यक्रम आयोजक संस्थाको तर्फबाट विशेष धन्यवाद व्यक्त गरे। केसीले आगामी दीनहरुमा पनि ‘बोस्टन लोक सुसेली समूह’ को अभियानमा प्रवासी नेपालीहरुको यस्तै साथ सहयोग पाउने अपेक्षासमेत प्रकट गरेका छन्।