मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

नेपालमा विद्यमान भ्रष्ट संस्कृतिलाई परिवर्तन गर्नु जुरुरी छ: प्रज्ञा प्रतिष्ठानका कूलपति राई

नेपालमा विद्यमान भ्रष्ट संस्कृतिलाई परिवर्तन गर्नु जुरुरी छ: प्रज्ञा प्रतिष्ठानका कूलपति राई


नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति तथा कवि भूपाल राईले नेपालमा सबै भन्दा पहिला विद्यमान भ्रष्ट संस्कृतिलाई परिवर्तन गर्नु जरुरी रहेको बताएका छन्। प्रतिष्ठानका कूलपति राईले अमेरिकाको बोस्टन सहरमा नोभेम्बर २२ तारिख बुधवार ११५औं देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको उनकै एकल कवितावाचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपालमा धेरै पटक राजनैतिक व्यवस्था तथा सत्ता परिवर्तन भएको भएतापनि भ्रष्ट संस्कृतिका कारण १४ सालमा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानको अवस्था र देशको अवस्था जहाँको त्यही रहेको दुखेको पोखे। देशको विकास हुन व्यवस्था र सत्ता मात्र परिवर्तन गरेर नहुने रहेछ, भ्रष्ट संस्कृतिकै परिवर्तन गरेर सुद्ध संस्कृति निर्माण गर्नु पर्दो रहेछ भन्ने महसुस भएकाले नियोजित रुपमै ‘सबै भाषा-सबै ज्ञान, नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ ‘सांस्कृतिक सत्ता र समताका लागि साहित्यिक अभियान’ सुरु गरिएको उनले जिकिर गरे। संस्कृति भन्ने वितिकै बाजागाजा, भेषभूषा, नाचगान मात्र सोच्ने गरिन्छ तर वास्तवमा संस्कृति भनेको विचार, चिन्तन प्रणाली र विश्व दृष्टिकोण भएको प्रट्याउदै उनले नेपाल बनाउनका लागि विद्यमान विकृत भ्रष्ट संस्कृतिको परिवर्तन अपरिहार्य रहेको बताए। गलत संस्कृतिकै कारण नेताहरु भ्रष्ट भएको ठोकुवा गर्दै उनले भने, ‘हाम्रो देशमा गलत संस्कृतिको जगमा टेकेर राजनिति भैरहेको छ। र, भ्रष्ट छन् नेताहरु। गलत संस्कृतिको जगमा प्रशासन सञ्चालन हुन्छ र भ्रष्टाचार गर्छन् नेताहरु। त्यसले गर्दा सुद्ध संस्कृति निर्माण गर्नु पर्दछ।’

कूलपति राईले प्रज्ञा प्रतिष्ठान हालसम्म केबल नेपालमा मात्र सिमित रहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै विश्व भर छरिएर रहेका नेपालीहरुको पनि भएको बताए। प्रतिष्ठानको वास्तविक मूल्य, मान्यता र महत्व नेपालीहरुलाई अझै थाहा नभएकाले त्यसलाई स्थापित गर्ने अभियानमा आफूहरु जुटिरहेको उनले बताए। कार्यक्रममा कूलपति राईले आफ्नो एकल कविता संग्रह ‘यारी’का कविताहरु वाचन गरेका थिए। उनले आफ्नो कवितावाचन कार्य ‘चितवन टु काठमाण्डू ‘ शिर्षकको कविताबाट सुरुवात गरेका थिए। उनको यो ‘एकल कवितावाचन कार्यक्रम ‘ सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने अभिप्रायका साथ थालिएको दोश्रो शृंखला हो। यसको पहिलो शृंखला नेपालको चिवनबाट सुरु गरिएको थियो।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख तथा कवि बाबा बस्नेत, अनेसास नेपाल च्याप्टरका पुर्व महासचिव तथा कवि ऋषभ देव घिमिरे र दिपा राईलेसमेत आफ्ना कविताहरु वाचन गरेका थिए। अनेसास, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले नेपाली साहित्यको मर्म र साहित्यकारहरुको कर्मको महत्वका बारेमा प्रकाश पारेका थिए। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), बोस्टन च्याप्टरले आयोजना गरेको उक्त साहित्यिक कार्यक्रममा मासाच्युसेट्स राज्यलगायत छिमेकी राज्यहरु कनेक्टटिकट, न्युहेम्पसयर, न्यूयोर्कका कवि तथा साहित्यानुरागीहरुको समेत उपस्थित रहेको थियो।