मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए कार्यालयमा कुटपिटमा संलग्न युवासंघका कार्यकर्ता पक्राउ

एनआरएनए कार्यालयमा कुटपिटमा संलग्न युवासंघका कार्यकर्ता पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा पत्रकारमाथि कुटपिटका साथै समानान्तर कार्यसमितिका अध्यक्ष आरके शर्मालगायतमाथि दुर्व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र तामाङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

मंगलबार युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा बेल्जियम निवासी पत्रकार तथा एनआरएनए अभियन्ता ओम शर्मामाथि आक्रमण गरेका थिए । सो घटनाको अनुसन्धानका संघको कार्यालयमा रहेको सिसिटिभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

यस्तै, सोही घटनामा एनआरएनएका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुर्व्यवहार भएको थियो । सो घटनापछि पीडित ओम शर्माले उजुरी दिएका थिए । यस्तै आरके शर्माले पनि अर्को छुट्टै उजुरी दिएका थिए ।

संघको कार्यालयमा निर्वाचित अध्यक्ष बद्री केसीले युवासंघलाई बोलाएर कार्यक्रम राखेको भन्दै आरके शर्मालगायतले विरोध गरेपछि दुई पक्षीय विवादका क्रममा आक्रमण भएको बताइएको छ ।

एमाले नेता महेश बस्नेत समेत सहभागी कार्यक्रममा भएको यो घटनापछि केसीले पनि प्रहरी वृत्त दरबारमार्गमा शान्तिसुरक्षाको माग गर्दै उजुरी दिएका थिए । ११ औँ महाधिवेशनमा धाँधली गरेर बद्री केसीले चुनाव जितेको आरके पक्षले आरोप लगाएपछि एनआरएनएमा दुई पक्षीय विवाद चर्किएको छ ।