मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

जन्मियो तेस्रो एनआरएन

जन्मियो तेस्रो एनआरएन

अधिकांश व्यक्ति जुन पदमा पराजित त्यसैमा पदासिन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्व प्रति असहमति जनाउँदै अध्यक्षमा पराजित राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । शर्मा माअोवादी निकट व्यक्ति हुन् ।

बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको रातोपाटी डटकम अनलाइनले उल्लेख गरेको छ । नेपाली समय अनुसार शनिबार राति ललितपुर स्थित होटल हिमालयमा भएको पराजितहरू र उनीहरूका समर्थकहरूको भेलाले अलग्गै समिति घोषणा गरेका हुन् ।

रमाइलो पक्ष चाँही यो छ कि निर्वाचनमा जो जो व्यक्ति जुन पदमा पराजित भएका थिए सोही पदमा बसेका छन् । समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् ।

यी मध्य डा. पौडेल बाहेक अधिकांश उपाध्यक्ष पदमा पराजितहरू हुन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।
महासचिवमा बुद्धी सागर सुवेदी छन् । उनी विजयी महासचिव गाैरीराज जोशीसँग पराजित हुन् । उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

सैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।

११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । अध्यक्षमा पराजित नेपाली कांग्रेस निकट महेश श्रेष्ठले भने समानान्तर समिति घोषणा प्रति विमती जनाएको स्रोतले जानकारी दिएको छ ।

उनीहरूले मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । तर निर्वाचन समितिले भने भोटिङ्ग सिस्टम प्रदायक भेरोले कुनै पनि त्रुटी नभएको उल्लेख गर्दै पत्र पठाएपछि निर्वाचन प्रकृया अन्त्य गर्दै शपथग्रहण कार्यक्रम अायोजना गरेको थियो ।

चुनावबाट विजयीहरूले भने शनिबारनै एनअारएनको कार्यालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन् । निर्वाचन गर्नका लागि गठन गरेको समितिले विजयी टिमलाइनै मान्यता दिएको छ ।

शर्मा नेतृत्वको एनआरएन तेस्रो संस्था बनेको छ । प्रवासमा रहेका नेपालीहरू भने एनआरएनका अभियन्ताको पदप्रतिको लोभले वाक्क बनेका छन् ।

फोटो/भिडियो स्रोत: सामाजिक सञ्जाल