मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   

एनआरएनएको कात्तिक ३ गतेका लागि तय गरिएका कार्यक्रम स्थगित

एनआरएनएको कात्तिक ३ गतेका लागि तय गरिएका कार्यक्रम स्थगित

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघको कात्तिक २ गते सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मत परिणाम घोषणाको क्रममा देखिएको प्राविधिक त्रुटीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी कात्तिक ३ गतेका लागि तय गरिएका कार्यक्रम स्थगित गरिएको छ ।

कार्यकारी अध्यक्ष बद्री केसी, अध्यक्ष कुल आचार्य र अर्का अध्यक्ष रविना थापाले संयुक्त विज्ञप्ति जारी गर्दै कात्तिक ३ गते तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जानकारी गराएका हुन् । उनीहरुले अर्को निर्णय नभएसम्मका लागि निर्धारित कार्यक्रम स्थगन गरिएको जनाएका छन् ।

एनआरएनको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठलगायतले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

एनआरएनएको अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका थिए । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका थिए ।

केसीले १३७८, उनका प्रतिद्वन्द्वीहरू आरके शर्माले १२८१, महेशकुमार श्रेष्ठले १२२५ मत र रविना थापाले ४७ मत प्राप्त गरेका थिए । तर, प्रतिद्वन्द्वीहरू आरके र महेशले निर्वाचन परिणामलाई पचाउन सकेनन् ।

उनीहरुले मतपरिणाममा भएको त्रुटीबारे चर्को असन्तुष्टि जनाएपछि १५ दिनभित्र अनुसन्धान गर्ने र आइटी विज्ञ राखेर निर्णय गर्ने सहमति भएको थियो । तर, शनिबार विजयी पक्षले शपथ खाई विवाद र असन्तुष्टिका बीच एनआरएनएको नयाँ नेतृत्वले कार्यभार सम्हालेपछि असन्तुष्ट पक्षले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसकिने भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताएका छन् । विवाद र असन्तुष्टि बढेपछि कात्तिक ३ गते निर्धारण गरिएको कार्यक्रम स्थगन भएका हुन् । यद्यपि निर्वाचनसम्बन्धी विवादको निरुपण भएको छ ।