मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   

विवाद र असन्तुष्टिका बीच एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

विवाद र असन्तुष्टिका बीच एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विवाद र असन्तुष्टिका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वले शनिबारदेखि कार्यभार सम्हालेको छ ।

कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक सम्पन्न भएको थियो । यद्यपि बैठकका निर्णय भने औपचारिकरू पमा सार्वजनिक गरिएको छैन ।

त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताएका छन् ।

अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ ।