मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : असन्तुष्ट अध्यक्षद्वय

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : असन्तुष्ट अध्यक्षद्वय

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनआरएनको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमतिविपरीत आजै शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि हुने उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँदली भएको स्पष्ट हुने बताए । उनले धाँदली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए । उनले गैरआवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए ।

उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरुले धाँदली गरेर जितेको स्पष्ट हुन्छ । आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठूलै पहाड पल्टिन्छ । धाँधली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरु सच्चा हुनुहुँदो रहेनछ । गैरआवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ, सबल हुनुपर्छ ।’

अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै उनले गैरआवासीय संघ झनै नराम्रो भएको बताए ।

उनले भने, ‘उहाँहरुले सिमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ । त्यो प्रयत्न उहाँहरुले गर्नुपर्दथ्यो । सीमित समूहले के गर्न खोज्नुभएको हो ? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ ? यसले नराम्रो असर पर्छ । यसै पनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ ।’ अध्यक्षका प्रत्यासी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने बताए ।