मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   

एनआरएनएको अनलाइन मतदान जारी : ८२५ प्रत्यक्ष मतदातामध्ये ८०० मत खस्यो

एनआरएनएको अनलाइन मतदान जारी : ८२५ प्रत्यक्ष मतदातामध्ये ८०० मत खस्यो

कुल ४ हजार २२७ मतदातामध्ये महाधिवेशस्थल र अनलाइनबाट हालसम्म ३ हजार ५८२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि बिहीबार स्वदेश तथा विदेशमा रहेका एनआरएन प्रतिनिधिले मतदान गरेका छन् । महाधिवेशनमा स्वदेशबाट प्रत्यक्ष मतदाता ८२५ र अनलाइनबाट मतदान गर्ने एनआरएन ३ हजार ४०२ गरी कुल ४ हजार २२७ जना मतदाता छन् ।

काठमाडौँमा जारी महाधिवेशनमा बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान भएकोमा स्वदेशमा रहेका ८२५ मतदातामध्ये ८०० जनाले मतदान गरेका छन् । जसमा अमेरिकाज क्षेत्रबाट ११५, युरोपियन क्षेत्रबाट २२६, मध्यपूर्वबाट १९०, एसिया क्षेत्रबाट १८५, ओसिनिया क्षेत्रबाट ७३ र अफ्रिका क्षेत्रबाट ११ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो । अनलाइनबाट मतदान गर्नेले गएराति १२ बजेदेखि नै मतदान गरिरहेका छन् । उनीहरुले आज राति १२ बजेसम्म मतदान गर्न पाउने छन् । अनलाइन मतदाता ३ हजार ४०२ रहेकोमा बेलुकी ७: ३० बजेसम्म २ हजार ७८२ मत खसेको निर्वाचन समितिले जनाएको छ । अब अनलाइनबाट ६३० जनाले राति १२ बजेसम्म मतदान गर्नेछन् ।

कुल ४ हजार २२७ मतदातामध्ये महाधिवेशस्थल र अनलाइनबाट हालसम्म ३ हजार ५८२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।