मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
बिश्वमा सफल नेपाली   

कोलोराडोमा इन्द्र जात्राको तयारी

कोलोराडोमा इन्द्र जात्राको तयारी


कोलोराडो (अमेरीका)- नेवाः खलःको आयोजनामा प्रत्येक वर्षझैं येंयाः अर्थात् इन्द्र जात्रा अक्टोबर १ तारिख आइतबारका दिन मनाइने भएको छ ।

कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न नेवाः मयजुहरूको समूह मिसा कवले स्वयंसेविक/स्वयंसेविकाहरूको संयोजन गर्नेछन् ।

बिगत १ दशकदेखि मनाउँदै आएको येंयाःलाई भव्य रूपमा सम्पन्न गर्न खलःका महासचिव सञ्जय शाक्यको संयोजकत्वमा समेबजि तयारी समूह, खलःका सॉंस्कृतिक सचिव सुरेन्द्र महर्जनको संयोजकत्वमा सॉंस्कृतिक कार्यक्रम तय गरिएको छ ।

स्टल व्यवस्थापनमा अनिल बज्राचार्य, समेबजि बितरणमा भुवन कृष्ण श्रेष्ठले संयोजन गर्नेछन् भने स्वागत गेटलाई सुरेश श्रेष्ठ र अजर श्रेष्ठले तयार गरेका छन् । कुमारीको खट रमेश सैंजु तथा गणेश, भैरव र कुमारीको साजसज्जा तथा छत्रको तयारी मनोज/रमिता तुलाधरले गरेका छन् ।

४ दर्जन व्यक्ति तथा व्यापारिक संस्थाहरूको प्रायोजन तथा ५ दर्जन मयजुहरूले समेबजिको प्रबन्ध गरेको कोलोराडो नेवाः खलःका अध्यक्ष भूषण लाल श्रेष्ठले बताएका छन् ।

नेपाली घरको प्राङ्गनमा समेबजिको सजावटको जिम्मा सुरेन्द्र महर्जनको समूहले लिएको छ भने १०x३० फिटका ५ वटा टेन्ट र स्टलहरू रहनेछन् । अनलाइन रेजिष्ट्रेशन २५० को संख्या पूरा भइसकेको छ भने जात्रा हेर्न आउने करिब ५ सय सबैलाई स्वागत गरिने खलःका सचिव नारायण प्रसाद दुवालले जानकारी गराएका छन् ।

धिमे बाजा, धिमे नाच, मजिपा लाखे नाच इन्द्र जात्रामा मनोरञ्जन प्रदान गर्नेछन् भने तलेजु भवानीको प्रतीक, जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्न सकिनेछ । निःशुल्क प्रवेश, हाथु हायेके र स्वादिष्ट समेबजि जात्रालुलाई पस्किइनेछ ।

शेयर गर्नुहोस:

621
Shares