मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

तीजको दिन बोस्टनस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न

तीजको दिन बोस्टनस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न


नेपालीहरुको महान चाड ‘हरितालिका तीज’को दिन(ब्रतको दिन)अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ तथा बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(प्याब्फोन-PABFONE)को आफ्नै सामुदायिक भवनमा स्थापित पशुपतिनाथ बुद्ध मन्दिरमा ब्रतालु श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सेप्टेम्बर १८ तारिख सोमवार ब्रतको दिन न्यू इंग्ल्याण्डमा रहेका नेपाली मुलवासी हिन्दू धर्मावलम्बी ब्रतालु श्रद्धालु भक्तजनहरु धार्मिक विधि अनुसार भगवान शिव पार्वतीको विशेष दर्शन, पूजापाठ तथा अर्चना गर्न मन्दिर पुगेका थिए। मन्दिर व्यवस्थापन समितिले ब्रतालु श्रद्धालु भक्तजनहरुका लागि विहान ८ बजेदेखि बेलुका साँझ ८ बजेसम्म मन्दिर खुला गरेको थियो। साथै, ब्रतालु श्रद्धालु भक्तजनहरुको सुविधाका लागि सामूहिक रुपमा ‘हरितालिका तीज’ विशेष पूजा धार्मिक विधि अनुसार सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाएको थियो। जस अनुसार चार चरणको समयतालिका बनाएर ‘सामूहिक पूजा’ सम्पन्न गरिएको थियो।

मन्दिरमा आबद्ध पण्डितहरुले ब्रतालु श्रद्धालु भक्तजनहरुलाई धार्मिक विधि अनुसार हरितालिका तीज विशेष ‘सामूहिक पूजा’ गराएका थिए। उक्त कार्यक्रमको नेतृत्व मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले गरेका थिए भने, रमेश पराजुली, महेश सुवेदी, मनोहर धिताल, गोपालप्रसाद आचार्यलगायतले ‘सामूहिक पूजा’ कार्यक्रम धार्मिक विधिपूर्वक प्रभावकारी रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्रतालु श्रद्धालु भक्तजनहरुले हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवारलगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आफ्नो आराध्य देवी देवताहरुको दर्शन, पूजापाठ तथा आराधना गरेका थिए।

Advertisement
ADVERTISEMENT

सामूहिक पूजा कार्यक्रम निकै प्रभावकारी र उत्साहजनक रहेको भनि मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले प्रतिक्रिया दिएका छन्। उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जिकीर गर्दै उनले भने, ‘ सामूहिक पूजा कार्यक्रम निकै प्रभावकरी र उत्साहपूर्ण रहेको थियो। पूजामा सहभागीहरु, गुरुहरु, मन्दिर व्यवस्थापन, सहयोगीहरुलगायतको साथ सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। सबैलाई धन्यवाद व्यक्त गर्दछु।’ उनले थपे, ‘मन्दिर सञ्चालन पछि तीज पर्वको अवसरमा पहिलो पटक आयोजना गरिएको ‘तीज विशेष पूजा’ के कस्तो होला भन्ने चिन्ता थियो। तर, निकै राम्रो भयो।’ पूजारी गजुरेलले दिएको जानकारी अनुसार चार चरण गरी सम्पन्न गरिएको सामूहिक पूजा कार्यक्रममा ५ सय महिलाहरुको सहभागिता रहेको थियो। सेप्टेम्बर १९ तारिख मंगलबार पञ्चमीका दिन पनि मन्दिर व्यवस्थापन समितिले ‘सामूहिक पञ्चमी पूजा’को व्यवस्था गरेको र उक्त पूजा कार्यक्रम बिहान १० बजेबाट सुरु हुने गरी आवश्यक तयारी गरिएको जानकारी दिए।

गत मे २७देखि मे ३० तारिखसम्म सामूहिक भवनमा स्थापना गरिएको मन्दिरमा आयोजित ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसंगै, नियमित रुपमा मन्दिर सञ्चालन हुदै आइरहेको छ भने, मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसार पर्ने धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजना गरिदै आइरहेको छ।

शेयर गर्नुहोस:

3.4k
Shares