मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नेपाल फर्किन लागेका बराल दम्पतीलाई ह्युस्टन नेपाली समुदायको सम्मान एवं बिदाइ

नेपाल फर्किन लागेका बराल दम्पतीलाई ह्युस्टन नेपाली समुदायको सम्मान एवं बिदाइ


ह्युस्टन, अमेरिका । झण्डै दुई दशकको अमेरिका बसाईलाई अन्त्य गरेर नेपाल फर्किन लागेका हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र सम्पादन समूहका सदस्य बिटु केसी बराललाई ह्युस्टनको नेपाली समुदायका अगुवाहरुले एक संक्षिप्त कार्यक्रमकाबीच सम्मान एवं बिदाइ गरेका छन् ।

सन् २००४ मा अमेरिका आएदेखि नै ह्युस्टनमा रहँदै आएका बराल दम्पतीलाई नेप्लिज एसोसियसन अफ ह्युस्टन (एनएएच)को तर्फबाट उनीहरुले ह्युस्टनको नेपाली समुदायलाई पुऱ्याएको योगदानको कदर स्वरुप सो सम्मान एवं बिदाइ गरिएको हो। एनएएचमा सल्लाहकार रहिसकेका तारा बरालले ह्युस्टनको नेपाली समुदायको एकता र विकासको लागि निकै ठूलो हुन लगाउनु भएकोमा एनएएचका वर्तमान र पूर्वअध्यक्ष एवं पदाधिकारीहरुले बरालको उच्च प्रशंसा गरेका छन्।

नेपालीहरुको धेरै बसोबास रहेको सबै अमेरिकी सहरहरुमा नेपालको राजनीतिक पार्टीको भातृसंगठन सक्रिय छन्। ठूला अमेरिकी सहरहरुमा ह्युस्टनमात्र यस्तो ठाउँ हो जहाँ नेपाली राजनीतिक पार्टीका कार्यकर्ता सक्रिय हुन पाएका छैनन्। प्रवासमा आएर पनि नेपाली राजनीतिको फोहरी खेल खेल्न खोज्नेहरुको सबै प्रयासका बाबजुद पनि ह्युस्टनमा त्यस्ता समाज भँडुवा संगठन सक्रिय हुन नपाउनुमा बरालको निकै ठूलो भूमिका रहेको थियो।

एनएएचका संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षहरु मधुकर अमात्य, ज्योति घिमिरे र डा. विष्णु नेपालले बरालले ह्युस्टनको नेपाली समुदाय र एनएएचलाई पुऱ्याएको सहयोगको स्मरण गरे । यसैगरी अध्यक्ष रविन श्रेष्ठ, प्रथम उपाध्यक्ष द्रोण गौतम, सचिव कौशल झा तथा सल्लाहकार एवं सामाजिक अगुवा ज्ञानेश्वर श्रेष्ठले पनि बराल दम्पतीको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा एनएएचका सहसचिव मनिश मुनकर्मी, कोषाध्यक्ष निषेध खनाल सदस्यहरु डा. मेनका कार्की, पवन श्रेष्ठ, आरिश खरेल तथा गुल्मी समाजका उपाध्याक्ष रामकृष्ण सापकोटा, बाबुराम ज्ञवाली लगायतको उपस्थिति थियो। कार्यक्रममा अध्यक्ष रविन श्रेष्ठले एनएएचका तर्फबाट बराल दम्पतीलाई मायाको चिनोसमेत प्रदान गरेका थिए ।

नेपाल फर्किने तयारीमा रहेका बराल दम्पतीको भव्य बिदाइ