मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
हिमालय खबर तस्विर   

नेपाल फर्किने तयारीमा रहेका बराल दम्पतीको भव्य बिदाइ

नेपाल फर्किने तयारीमा रहेका बराल दम्पतीको भव्य बिदाइ


ड्यालस (अमेरिका) । झण्डै दुई दशकको अमेरिका बसाईलाई अन्त्य गरेर नेपाल फर्किन लाग्नुभएका हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र संवाददाता बिटु केसी बराललाई शनिबार एक समारोहबीच बिदाइ गरियो ।

Advertisement
ADVERTISEMENT

टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको अर्भिङ्गस्थित करिलिफ रेष्टुँरामा समुदायका अग्रजहरुबीच हिमालयखबरले उहाँहरु दुबैलाई बिदाई गरेको हो । सन् २००४ देखि अमेरिकामा स्थायी रुपमा बस्नुभएका बराल दम्पत्ति दुई हप्तापछि स्थायी रुपमै नेपाल फर्किदै हुनुहुन्छ ।

‘मैले अमेरिकालाई दुई दशक लामो समयसम्म सेवा गरेँ । अब अवकाशप्राप्त जीवनमा यता आर्जन गरेको ज्ञान र शीप मातृभूमिमा प्रयोग गर्ने उत्कट चाहना बोकेर फिर्ता हुँदैछु’ बरालले भावुक हुँदै भन्नुभयो । पञ्चायतकालमै झापाबाट पत्रकारिता सुरु गर्नुभएका बरालले गोरखापत्र संस्थानको प्रधान सम्पादक, नेपाल टेलिभिजनको अध्यक्षमा  भएर पत्रकारितामा योगदान गरिसक्नुभएको छ ।

नेपालका प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाई

प्रजातान्त्रिक पृष्ठभूमिका बराल नेपाल प्राध्यापक संघका पूर्ब अध्यक्ष एवं भारतका लागि पूर्ब राजदूत प्रोफेसर लोकराज बरालका सहोदर भाई हुनुहुन्छ । अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनमा बस्दै आउनुभएका बरालले नेपाल फर्किने योजना दुई वर्ष अघिबाटै बनाउनुभएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशी

‘यो समय नेपाल फर्किन उपयुक्त हो भन्ने हामीलाई लाग्यो । यताको घर, व्यबसाय, गाडी सबै बेचेर अब नेपाल फर्किदैछौँ । तपाईहरु पनि आफ्नो अनुकुलता मिलाएर फर्किएर मातृभूमिलाई योगदान दिनुपर्ने जरुरी छ’ बरालले आव्हान गर्नुभयो ।

कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्याय

सँगै नेपाल फर्किन लाग्नुभएकी बिटु केसी बरालले धेरै मातृभूमिको न्यास्रो, थोरै अमेरिकाको सुख सुविधायुक्त जीवनबाट अघाएकोले नेपाल जाने दह्रो मन बनाएको बताउनुभयो ।

कार्यक्रममा नेपालका प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाईले प्रवासमा रहेका नेपालीहरु फर्किएर देशलाई सहयोग गर्न आव्हान गर्नुभयो । ‘देशमा धेरै कुराहरु सुधार भएका छन्, सुधारका क्रममा छन् ।

जनसम्पर्क समितिका नेता हरिबोल भण्डारी

तपाईहरु नेपाल फर्किएर राष्ट्रलाई योगदान दिन आग्रह गर्दछु’ बजगाईले भन्नुभयो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का सहकोषाध्यक्ष यमुना भट्टराई

बिदाई कार्यक्रममा बराल दम्पत्तिका बारेमा हिमालय खबरका सल्लाहकार सम्पादक शैलेशराज आचार्य, कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्याय, गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशी, सहकोषाध्यक्ष यमुना भट्टराई, क्षेत्रीय संयोजक राम सी पोखरेल, समाजसेवी प्रभात दीक्षित, जनसम्पर्क समितिका नेता हरिबोल भण्डारी, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेजाका अध्यक्ष सुरज भण्डारी लगायतले बराल दम्पत्तिको नेपाल बसाई सुखद होस् भन्दै बिदाई गरेका थिए ।

आप्रवासीका रुपमा अमेरिका आएका पहिलो पुस्ता विस्तारै नेपाल फर्किएर योगदान गर्ने योजनामा छ । तर नेपाल सरकारले उपयुक्त नीति नबनाउँदा सोच बनाएका धेरै जना उपयुक्त मौकाको प्रतिक्षामा छन् ।

युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल

अमेरिकामा अवकाश प्राप्त व्यक्तिहरु पछिल्लो समयमा बिभिन्न देशहरुमा बसोबासका लागि जान थालेका छन् । अमेरिकाभन्दा कम खर्चमै बस्न सकिने भएपछि अमेरिकीहरु दक्षिण अमेरिकाको कोलम्बिया, कोस्टारिकादेखि लिएर थाइल्याण्ड, पोर्चुगलमा अवकाश जीवन बिताउन थालेका छन् । सरकारले नीति बनाउने हो भने अवकाशप्राप्त अमेरिकीहरु ठूलो संख्यामा नेपालमा बस्न जाने संकेत देखिएको छ ।

किनकी नेपालमा विश्वका अन्य देशको दाँजोमा कम खर्चमा बस्न, उपचार सेवा पाउन सकिन्छ ।

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती
बिटु केसी बराल
हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल

शेयर गर्नुहोस:

34.1k
Shares