मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   
मुख्य समाचार   

एनआरएनएको कार्यक्रमप्रति आपत्ति जनाउदै जिबिएनसिले गर्यो घोर भर्त्सना

एनआरएनएको कार्यक्रमप्रति आपत्ति जनाउदै जिबिएनसिले गर्यो घोर भर्त्सना

जिबिएनसिले माफी नमागेसम्म सहकार्य नहुने एनआरएनएको प्रतिक्रिया


बोस्टन (अमेरिका)- अमेरिकाको बोस्टनमा रहेको मूलवासी नेपालीहरु आवद्ध संस्था ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले एनआरएनए(NRNA), अमेरिकाको मासाच्युसेट्स च्याप्टरले तय गरेको कार्यक्रमप्रति आपत्ति जनाउदै घोर भर्त्सना गरेको छ। हरितालिका तीजको अवसर पारेर राखेको आफ्नो पूर्व निर्धारित कार्यक्रमलाई नियतवस प्रभावित पार्ने गरी कार्यक्रम जुधाएर राखिएको भन्दै जिबिएनसिले प्रेस विज्ञप्ति नै जारी गरेर भर्तसना गरेको हो। जिबिएनसि(GBNC)द्वारा सेप्टेम्बर ८ तारिख सुक्रवारका दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नियतवस GBNC को तीजको कार्यक्रम नै प्रभावित पार्ने गरी सोही कार्यक्रम स्थलमा एक दिन अगाडि Sep-15-2023 सुक्रवारको दिन NRNA बोस्टन च्याप्टर, USA को Appreciation कार्यक्रम र Culture Event भनि Free entry छ भनि प्रचार गरेकोप्रति हामी GBNC परिवार, NRNA, USA,MA च्याप्टरप्रति गुनासो अनि घोर भर्त्सना गर्दछौं।’ जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसले नेपाली समाजमा पर्न गएको अस्वस्थ प्रतिस्पर्धा साथै नकारात्मक सोचलाई बढावा दिने सम्भावना भएकोप्रति ध्यानाकर्षण भएको कुरा अवगत गर्दछौं।’

जारि विज्ञप्ति मार्फत जिबिएनसिले सबै संघ संस्थाहरु संगठित रुपले एकआपसमा हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिदै हरितालिका तीज भव्यताका साथ मनाउन साथ र सहयोगका लागि आव्हान समेत गरेको छ।

यता जिबिएनसिले जारी गरेको प्रेस विज्ञप्तिको घोर निन्दा गर्दै एनआरएनए, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले छुद्र भाषामा लगाइएको नचाहिदो आरोपमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन्। जारी विज्ञप्तिप्रति कडा प्रतिक्रिया दिदै उनले भने, ‘कार्यक्रम जुधाइएको हैन। हामीले आफ्ना सदस्यहरुका लागि कार्यक्रम राखेका हौं। सबैले आ-आफ्नो कार्यक्रम गर्न पाउछन्। कार्यक्रम किन गरिस् भनेर प्रश्न गर्ने अधिकार जिबिएनसिलाई छैन।’ अध्यक्ष श्रेष्ठले आफू नेतृत्वको संस्था एनआरएनए(NRNA)लाई मिथ्या आरोप लगाउदै जिबिएनसि(GBNC)ले जारी गरेको प्रेस विज्ञप्तिको घोर भर्त्सना गर्दै भने, ‘छुद्र भाषामा लगाइएको नचाहिदो आरोपको घोर भर्त्सना गर्दछु। समय आएपछि जवाफ दिने नै छौं।’

जिबिएनसिको नेतृत्वका कारण यस्तो विवादित अवस्था आएको जिकीर गर्दै उनले भने, ‘यो अवस्था जिबिएनसिको नेतृत्वका कारण आएको हो। माफी मागेर जारी गिरिएको विज्ञप्तिको खण्डन नगरेसम्म जिबिएनसिको वर्तमान नेतृत्वको कार्यकालसम्म कुनै प्रकारको सहकार्य गरिने छैन।’

एनआरएनएले तय गरेको कार्यक्रममा कुनै फेरबदल नहुने र तोकिएकै समय र स्थानमा तोकिएको कार्यक्रम हुने गरी तयारी भैइरहेको अध्यक्ष श्रेष्ठले जनाए।

जिबिएनसिले यही आउदो सेप्टेम्बर १६ तारिख सनिवारका दिन क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue, Cambridge मा तीज विशेष कार्यक्रम ‘हरितालिका तीज-२०२३’ गर्ने गरी तयारी गरिरहेको छ। कार्क्रममा ‘दर’ खाने व्यवस्था गरिनुका साथै तीज केन्द्रित विशेष सांगीतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ। त्यसै गरी सोही स्थानमा एक दिन अघि सेप्टेम्बर १५ तारिख सुक्रवारका दिन एनआरएनए, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले आफ्ना सदस्यहरुलाई लक्षित गरी सोही प्रकृतिको ‘Appreciation Event and Cultural Celebration’ कार्यक्रम गर्ने गरी तयारी गरिरहेको छ।जिबिएनसिले आफ्नो कार्यक्रममा भाग लिनका लागि सहयोग शुल्क स्वरुप २० डलरको टिकट बिक्री गरिरहेको छ भने, एनआरएनए(NRNA)ले आफ्नो कार्यक्रममा भाग लिने आफ्ना सदस्यहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ।

यसैरी, हरितालिका तीजको अवसर पारेर नरउड(Norwood) स्थित सृजनशील महिला समूह(Creative Woman Group of New England)ले सेप्टेम्बर ९ तारिख सनिवार साँझ 572 Nichols Street, Norwood मा र बोस्टन स्थित नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर, बोस्टन (Nepali Women’s Global Network(NWGN),New England Chapter, Boston ले सेप्टेम्बर १० तारिख आइतवारका दिन 191 Highland Avenue, Somerville मा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गर्दैछन्। दुबैले सहभागिताका लागि सहयोग शुल्क वापत ३० डलरको टिकट बिक्रीमा राखेका छन्। उक्त कार्यक्रममा नेपालीपन र स्वादका विभिन्न स्वादिष्ट खानेकुराहरुसहितको ‘दर खाने’ र तीज विशेष सांगीतिक कार्यक्रमको समेत व्यवस्था गरिएको आयोजकहरुले जनाएका छन्।

 

जिबिएनसिले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस प्रकार रहेको छ: