मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
बिश्वमा सफल नेपाली   

ड्यालसमा सुदूरपश्चिमेलीहरुले बिबिध कार्यक्रमका साथ गौरा पर्ब मनाउने

ड्यालसमा सुदूरपश्चिमेलीहरुले बिबिध कार्यक्रमका साथ गौरा पर्ब मनाउने


ड्यालस (टेक्सास)- टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरा पर्ब  मनाउने भएका छन ।

यस बर्षको गौरा पर्वको अवसरमा यही सेप्टेम्बर महिनाको १० तारेख आईतबारका दिन नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र ( पशुपति नाथ मन्दिर) युलेशमा बिबिध कार्यक्रमका साथ गौरा पर्ब मनाउन लागिएको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराजनाथ योगीले जानकारी दिनु भयो ।

अध्यक्ष नाथका अनुसार गौरा पर्ब सुदूरपश्चिमेली समुदायको मौलिक पर्ब भएकाले गौरा पर्बमा सहभागिताका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुलाई सार्बजनिक रुपमा चुले निम्तो पठाईएको छ । गौरा पर्ब सुदूरपश्चिमको बिशेष साँस्कृतिक पर्ब भएकाले गौरा पर्बमा ईच्छुक नेपाली समुदायहरु सहभागि हुन सक्ने सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।

गौरा पर्बका अवसरमा सेप्टेम्बर १० का दिन बिहान गौरा देबीको पूजाआजा, सुदूरपश्चिमका चर्चित कलाकार चाँदनी मल्ल र शँकरसिं बिष्ट लगायतका कलाकारहरुले डेउडा लगायत बिबिध साँस्कृतिक कार्यक्रम तथा आठेवाली नाच प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सुदूरपश्चिम नेपाली समाज टेक्सासको आयोजनामा अस्टिनमा सेप्टेम्बर ३ तारेखका दिन गौरा पर्ब बनाईएको थियो ।

प्रवासमा सुदूरपश्चिमेली सँस्कृतिको सँरक्षण तथा सम्बद्र्धन गर्नका लागि सुदूरपश्चिम नेपाली समाज टेक्सासले गौरा पर्ब, बिसु पर्ब, होली पर्ब लगायतका साँस्कृतिक चाडपर्बहरु मनाउदै आएको छ ।

अमेरिकामा अधिकाँश व्यक्तिहरु काममा व्यस्त हुने भएकाले सबैलाई पायक पर्ने दिन र स्थानमा नेपाली चाडपर्बहरु मनाउने गरिन्छ ।

शेयर गर्नुहोस:

1k
Shares