मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

बुद्ध र उनको शिक्षामा निबन्ध प्रतियोगिता सम्पन्न

बुद्ध र उनको शिक्षामा निबन्ध प्रतियोगिता सम्पन्न


सुभंग कर्माचार्य प्रथम

ड्यालस (अमेरिका) । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सासले किण्डर-गार्टेनदेखि १२ कक्षा सम्मका स्कूले विद्यार्थी हरुको लागि आयोजना गर्दै आएको बुद्ध र उनको शिक्षा बिषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ।

समर बिदामा रहेका स्कूलका विद्यार्थीहरु लाइ बुद्ध र उनको शिक्षा बारे आफैँ शोधकार्य गरि निबन्ध तयार पार्नको लागि चार हप्ताको समय दिएको थियो । कार्यक्रमको अन्तिम चरणमा सम्पूर्ण बिद्यार्थीहरुलाई आ-आफ्नो निबन्ध आत्मविश्वासका साथ मौखिक रूपमा प्रस्तुत गर्ने मौका प्रदान गरेको थियो।

उक्त कार्यक्रममा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी मध्यबाट कक्षा १० का सुभंग कर्माचार्य प्रथम र कक्षा ८ का अविन श्रेष्ठ दोश्रो भएका थियो। त्यस्तै प्राथमिक तह बाट कक्षा ६ कि अदिन्ना शाक्य प्रथम र कक्षा ४ का आरिया शाक्य दोश्रो भएका थिए ।

सोहि अबसरमा विद्यार्थी हरुले “स्टोरी ऑफ अन्गुलिमाला: रेदेम्पसन ऑफ अ मर्दरेर” नामको एकांकी नाटक पनि प्रस्तुत गरेका थिए। डा. सुधा मानन्धर द्वारा लिखित तथा निर्देशित उक्त नाटकमा कक्षा ८ का रायनमान सिंह (अन्गुलिमाला), कक्षा ८ का नव रंजित (बुद्ध), कक्षा ११ का मेलिस्सा मानन्धर (विलेज वोमन) र कक्षा ६ का याह्वी रोज भोजपुरे (कथाकार) को सहभगिता थियो। त्यस्तै ऐशोसिएसनका पुर्व अध्यक्ष स्वयम्भू शाक्यले ध्वनि प्रभाव र सम्पादन गरेका थिए ।

उक्त कार्यक्रमका संयोजक तथा ऐशोसिएसनका उपाध्यक्ष्य डा. नीरज बज्राचार्यले कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थी हरुलाई आफै शोधकार्य गरि जानकारी दिने भएता पनि यस कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुर्याउने उल्लेख गरे । आउने दिनहरुमा यस कार्यक्रमलाई अझ व्यापक पार्न यसपाली देखि बुद्ध भगवान सम्बन्धि एकांकी नाटकको पनि सुरुवात गरेको पनि उनले जानकारी दिए ।

निबन्ध प्रतियोगिताको मुल्यांकन समितिमा डा. नीरज बज्राचार्य (अध्यक्ष्य), धिरेन गुरुङ (सल्लाहकार), डा. ओम थापा, अनुजा घिमिरे, सुशील चौधरी, श्रद्धा श्रेष्ठ, ओजस्वी अर्याल, नियती श्रेष्ठ तथा सुरेश बस्याल रहेका थिए ।