मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

नेपाल र नेपालीको परिचय दिलाउदै हिमालयन हाइवेको सांगीतिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न

नेपाल र नेपालीको परिचय दिलाउदै हिमालयन हाइवेको सांगीतिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न


अमेरिका- अमेरिकाको मासाच्युसेट्स राज्यमा रहेको विश्व विख्यात शैक्षिक संस्था हार्भर्ड युनिभरसिटी( Harvard University)को आडैका रहेको चर्चित थलो क्लब प्यासिम(Club Passim), गत अगष्ट २८ तारिख सोमवार साँझ नेपाली लोक संगीतमय बन्यो। जहाँ नेपाली र अमेरिकन लोक गीत तथा संगीत संरक्षण, संवर्धन र प्रवर्धनका लागि जुटेको हिमालयन हाइवेले सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। नेपाली र अमेरिकन लोक गीत तथा संगीतको अनुपम सङ्गम रहेको उक्त कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो। नेपाल र नेपालीको पहिचानसहितको परिचयमा केन्द्रिकृत सांगीतिक कार्यक्रमको मुख्य आकर्षण नेपाली लोक गीतहरु तथा मौलिक बाजा ‘सारङ्गी’ रहेको थियो। सारङ्गीलाई फिटेर कर्णप्रीय धुनको सृजना गरी संगीत प्रेमी सहभागीहरुलाई मन्त्रमुग्ध बनाउने भूमिकाको निर्वाह ‘सारङ्गीको किर्तिपुर घराना’का अभियान्ता तथा ख्याति प्राप्त कलाकार श्याम नेपालीले गरेका थिए। कार्यक्रममा उनलाई ख्यातिप्राप्त तबला वादक प्रमोद उपाध्याय, अमेरिकन लोक गीत तथा संगीतको क्षेत्रमा उदयमान व्यक्तित्वहरु द्वय मान्डोलिन(Mandolin) वादक जोइ लेभिट(Zoe Levitt) र गितार वादक एलेक्स फर्मेन्टो(Alex Farmento)ले साथ दिएका थिए।

कार्यक्रम आयोजक हिमालयन हाइवेका अनुसार नेपाली र अमेरिकन लोक गीत तथा संगीत प्रेमीहरुका बिच सुमधुर सम्बन्ध स्थापना गर्ने, दुबै देश बिचमा सांगीतिक सहयोग आदानप्रदान गर्ने, दुबै देशका लोक गीत तथा संगीतहरुको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्न सक्दो भूमिका निर्वाह गर्ने र दर्शकहरुलाई मनोरञ्जन दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रममा सारङ्गी वादक श्याम नेपालीले आफ्नो मातृभूमि नेपाल, नेपाली, सारङ्गी, नेपाली गीत तथा संगीतआदिका बारेमा संक्षिप्त परिचय दिएका थिए। कार्यक्रममा उनले चर्चाको शिखरमा रहेका पानी है पर्यो…, सानी सानी …ए झिल्के नानी…, बाँझो खेतमा…, रेशम फिरिरि…, सिरिमा सिरि नि कान्छा बतासै चल्यो…, गाइत बाध्यो ढुङ्ग्रोमा मोइ छैन ……लगायत नेपाली लोक गीतहरुणभछ गाएर र सारङ्गीमा बजाएर सुनाएका थिए। सारङ्गी, तबला, मान्डोलिन र गितारको अनुपम संगमबाट सिर्जिएको सांगीतिक धुनहरुले दर्शकहरुलाई मन्त्रमुग्ध बनाउदै भरपूर मनोरञ्जन दिलाएको थियो। जसको पुष्टि दर्शकहरुले कदर स्वरुप बजाएको गडगडाहट तालीले गरेको थियो।

कार्यक्रमको दौरानमा सारङ्गी वादक नेपालीले गीत तथा संगीतको कुनै सिमाना नहुने र विश्वलाई जोड्ने एक महत्वपूर्ण माध्यम गीत तथा संगीत नै भएको बताउदै नेपाली र अमेरिकनहरुलाई आफूहरुले गीत तथा संगीतको माध्यमबाट भावनात्मक रुपमा जोड्ने प्रयास गरिएको बताए। कार्यक्रमा उनले नेपाल र नेपालीको सुन्दर पक्षहरुको र आफूले गाएका र बजाएका गीतहरुले व्यक्त गरेका संक्षिप्त भावहरुको बारेमा जानकारी गराउदै सहभागीहरुलाई नेपाल घुम्नका लागि अनुरोधसहित निम्तो गर्न भ्याएका थिए।

कार्यक्रममा ख्यातिप्राप्त तबला वादक प्रमोद उपाध्यायले फिटेको तबला हेरेर दर्शकहरु दंग पर्दै धुनहरु सुनेर आनन्दित भएका थिए। सारङ्गी, मान्डोलिन र गितारबाट सृजित सुमधुर धुनहरुलाई थप कसी लगाउदै सुनमा सुगन्ध थप्ने भूमिका निर्वाह गर्नमा उपाध्यायले कुनै कसर बाँकी राखेनन्।

यसैगरी, हिमालयन हाइवेमा आबध्द मान्डोलिन(Mandolin) वादक जोइ लेभिटले(Zoe Levitt)ले श्याम नेपालीलाई नेपाली गीत गाएर र मान्डोलिन(Mandolin) बजाएर साथ दिएकी थिइन्। अमेरिकन लोक संगीतमा उदाउदै गरेकी उनले मान्डोलिन(Mandolin) बजाउदै अमेरिकन लोक गीत गाएर कार्यक्रमलाई थप रौनकता दिएकी थिइन्। कर्णप्रीय स्वर र खारिएको वाद्यवादन बजाउने सीपले भरिपूर्ण रहेकी लेभिटको प्रस्तुतिलाई दर्शकहरुले निकै प्रशंसा गरेका थिए। कार्यक्रम सञ्चालको जिम्मेवारी समेत निभाएकी उनले नेपाली लोक गीत तथा संगीतले आफूलाई निकै आकर्षित गरेको र नेपालमै पुगेर सिक्दै काम पनि गर्दै गरेको जानकारी दिइन्। आफ्नो प्रस्तुतिका क्रममा उनले श्याम नेपालीका छोरा प्रिन्स नेपाली आबध्द रहेको नेपालको मानस्लु व्लु(Manaslu Blue)संग मिलेर काम गरिरहेको र एल्बम रेकर्डिङको काम भैरहेको बताइन्। उक्त टिमले अमेरिकामा पनि निकट भविश्यमै सांगीतक यात्रा गर्नका लागि योजना बनाइरहेको लेभिटले जानकारी दिइन्। यसै अवसरमा उनले मानस्लु व्लु(Manaslu Blue) मा समावेश हुने सांगीतिक कोसेलीलाई पनि दर्शक माझ प्रस्तुत गरेकी थिइन्। उनलाई प्रिन्स नेपालीका पिता श्याम नेपालीले साङ्गी, प्रमोद उपाध्यायले तबला र एलेक्स फर्मेन्टोले गितार बजाएर साथ दिएका थिए। प्रशंसाको वाह वाही पाएकी लेभिटलाई दर्शकहरुले सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका थिए। कार्यक्रममा गितार वादक अलेक्स फर्मेन्टो(Alex Farmento)ले पनि आफूसंग भएको गितार बजाउने सीपलाई भरपूर उपयोग गर्दै अमेरिकन लोक गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए।

साँझ ८ बजेदेखि सुरु भएको कार्यक्रम ९ बजेर ४५ मिनटमा समापन हुदै गर्दा दर्शकहरुले पत्तै पाएनन्। समय, परिवेश र दर्शक श्रोताहरुको चाहनालाई मध्यनजर गर्दै नेपाली र अमेरिकन लोक संगीतलाई मिसाएर सृजना गरिएको नयाँ सांगीतिक प्रस्तुतिहरुका कारण मन्त्रमुग्ध भएका दर्शकहरुले अझै कार्यक्रम लम्बिए हुन्थ्यो झैं गरिरहेका थिए। उनीहरुको माया, भावना र चाहनालाई बुझेको हिमालयन हाइवे परिवारले, दर्शकहरुलाई विशेष धन्यवाद दिदै भावी दिनहरुमा पनि यस्तै सांगीतिक कार्यक्रमहरु लिएर आउने योजना रहेको बताएको थिए।

कार्यक्रममा सहभागीहरुले कार्यक्रमको मुक्तकण्ठले प्रसंशासहित धन्यवाद दिदै थप सफलताका लागि हिमालयन हाइवे परिवारलाई शुभकामना दिएका थिए।