मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
प्रेस विज्ञप्ती / सूचना पाटी   

राजु लामाको बिजोड प्रस्तुती संगै नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध गासिएको ७५ औं बार्षिक उत्सव मनाईदै

राजु लामाको बिजोड प्रस्तुती संगै नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध गासिएको ७५ औं बार्षिक उत्सव मनाईदै

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयालीमा नेपाल र अमेरीकाका उच्च पदाधिकारीहरुको उपस्थितीमा बिभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५ औं बर्ष गांठ धुमधामका साथ मनाउन तयारी तिब्रताका साथ अगाडी बढेको छ ।

कोलोराडोको लङमन्ट स्थित बोल्डर काउन्टी फेयर ग्राउण्डमा सेक्टेम्बर १ र २ तारिकका दिन राजु लामा मंगोलियन हार्ट र निरोजको बेजोड प्रस्तुती संगै बिभिन्न शैक्षिक, सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ ७५ औं बर्षगाठ मनाउन लागिएको हो ।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा आयोजना गर्न लागिएको कार्यक्रमलाई भब्यताकासाथ सफलपार्न ३ सदस्सिय मुल आयोजक समिती गठन गरिएको छ । यसरी गठन गरिएको समितीका सदस्यहरुमा हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, बुद्धीजिवी तथा समाजसेवीहरु द्धय डा. विजयराज शर्मा र नविन दत्त रहेका छन् । यसैगरी कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदाय बिच कृयाशिल डेढ दर्जनभन्दा बढि संघ संस्थाहरु, नेपाली सोसाइटी टेक्सास कार्यक्रमको आयोजक रहेका छन् ।

सेक्टेम्बर १ तारिक सुक्रबार दिउसो ३ बजेदेखी सांझ ६ बजे सम्म कार्यक्रमको समुद्धाटन समारोह हुनेछ । उद्धाटन समारोह पछि सांझ ७ बजे देखी राती १० बजे सम्म डिजे निरोजको प्रश्तुती रहेको छ ।

त्यसैगरी सेक्टम्बर २ तारिक शनिबार बिहान १० बजे देखी ५ बजे सम्म बिभिन्न ४ फोरमहरु संचालन हुनेछन् । नेपाल र अमेरीकाको द्धौत्य सम्बन्धको बारेमा अमेरीकाको लागी नेपालका महामहिम राजदुत श्रीधर खत्रीको प्रश्तुती रहने छ । त्यसैगरी सन् १९४४ देखी १९५२ को अवधिमा नेपाल र अमेरीकाको सम्बन्धको बारेमा पूर्व पिस्कोर भोलेन्टियर Dan Edwards प्रश्तुती रहेको छ । त्यस्तै सोहीदिन इमिग्रेशन सम्बन्धिको फोरम खगेन्द्र जिशीले संचालन गरेपछी, एनआरएनए नागरिकता तथा दोहोरो ट्याक्स सम्बन्धि फोरम एनआरएन अमेरीकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले संचालन गर्ने कार्यक्रम रहेको मुल समितीका सदस्य समाजसेवी विजयराज शर्माले बताएका छन् । यसैगरी त्यसैदिन साझ ७ बजेदेखी राती १० बजेसम्म बहुचर्चित गायक राजु लामाको लाइभ कन्सर्ट हुने आयोजक कमिटीका सदस्य सुनन्दा डंगोलले बताएकी छन् ।

त्यतैगरी नेपाल एम्बेसीले सेक्टेम्बर २ देखी ५ तारिक सम्म आयोजनागर्न लागेको कन्सुलर सेवा शिविरको तयारी अन्तिम चरणमा पुगेको एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्तले बताएका छन् । बिद्युतीय राहदानीकोलागी अगष्ट २६ भित्र तोकीएको ढांचामा फारम भरि आवश्यक कागजपत्र सहित भेरीफिकेशनकोलागी राजदुतावासमा इमेलगर्नुपर्ने राजदुतावासले जनाएको छ ।

बोल्डर काउन्टी फेयर ग्राउण्डमा सेक्टेम्बर १ र २ तारिक सांझ आयोजना हुने डिजे र लाइभ कन्सर्ट बाहेक अन्य सबै कार्यक्रमहरुमा सहभागीहुन शुल्क नलाग्ने आयोजक समितीले जनाएको छ । डजे र लाइभ कन्सर्ट सहभागीहुन टिकटको ब्याबस्था गरिएको टिकट आयोजक संघ संसथाका पदाधिकारीको हात हातमा पुगीसकेको उक्त टिकटहरु केही नेपाली ग्रोसरी स्टोरहरुमा पनि बिक्रीकोलागी राखीने बताईएको छ । एकै टिकटले दुबैदिनको कार्यक्रममा सहभागी हुन पाईने भएकोले आफ्नो टिकट बेलैमा सुरक्षित गर्नुहुन समेत आयोजक कमिटीले सबैमा अनुरोध गरेको छ ।

मातृभुमी नेपाल र कर्मभुमी अमेरीका बिच सम्बन्ध बिस्तार भएको ७५ औं बर्ष पुगेको खुसियालीमा सम्पन्न हुनलागेको यस महत्वपुर्ण कार्यक्रमलाई सब्य र भब्यताका साथ सफलपार्न आ आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गरि दिनुहुन आयोजक समितीले सबैलाई अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन सबैलाई पत्र पठाउन संभव नभएको हुनाले यसै लाई आधारमानी कोलोराडो वा कोलोराडो बाहिर रहनु भएका नेपाली भाषी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु समेत मुल समितीका सदस्य नविन दत्तले अनुरोध गरेका छन् ।